दैत्यगुरुको राशिमा बुध गोचर, यी ४ राशिको छुमन्तर हुनेछ चैन र सुकून

काठमाडौँ : बुध ग्रह जेठ ९ गते शुक्रबार अपरा एकादशीको दिन वृष राशिमा गोचर गरेको छ। वैदिक ज्योतिषअनुसार, ग्रहहरूको राजकुमार बुध ग्रह दैत्यगुरु शुक्रको राशि वृषमा जेठ ९ गते दिउँसो १ बजे प्रवेश गरेको हो। बुध ग्रह बुद्धि, वाणी, सञ्चार, तर्क, नोकरी, व्यापार आदिको कारक ग्रह हो र मिथुन र कन्या राशिका स्वामी पनि हुन्। दैत्य गुरुको राशिमा बुधको आगमनले केही राशीहरूका लागि समस्याहरू निम्त्याउन सक्छ।

यी राशिवाला व्यक्तिहरूले जागिर र व्यवसायमा झन्झट तथा अवरोधहरूको सामना गर्नुपर्ने हुनसक्छ र अघिबाटै सुरु भएका कामहरू पनि अड्किन सक्छन्। अब हेर्नुस्, वृष राशिमा बुधको गोचर हुँदा कुन-कुन राशीलाई विशेषगरी समस्या आउन सक्छ…

कर्कट राशि : 

बुध ग्रहको गोचरको कारण कर्कट राशिका व्यक्तिहरूलाई स्वास्थ्यसम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। बुध ग्रहको गोचरको समयमा प्रेम जीवनमा चुनौतीहरू आउन सक्छन् र तपाई असन्तुष्ट महसुस गर्न सक्नुहुन्छ, जसले तपाई र तपाईको जोडीबीच भावनात्मक दूरी बढ्न सक्छ। यस अवधिमा कुनै पनि ठूलो निर्णय लिनबाट बच्नुहोस् र शेयर बजारमा लगानीसम्बन्धी योजनाहरूमा रोक लगाउनुहोस्। यस राशिका जो जातक जागिरको खोजीमा हुनुहुन्छ, उनीहरूले अहिले केही समय थप पर्खनुपर्ने हुन सक्छ।

सिंह राशि :

बुध ग्रहको गोचरका कारण सिंह राशिका व्यक्तिहरूलाई मिश्रित परिणामहरू भोग्नुपर्न सक्छ। बुध ग्रहको गोचरको समयमा आफ्नो खर्चलाई नियन्त्रण गर्नु महत्वपूर्ण छ। अनावश्यक खर्चबाट बच्नुहोस्, किनकि सावधानी नदेखाए भविष्यमा वित्तीय समस्या आउन सक्छ। वैवाहिक जीवनमा श्रीमती–पतिको बीचमा झगडा वा भावनात्मक दूरी हुन सक्छ। साथै प्रेम जीवनमा पनि केही चुनौतीहरू आउने सम्भावना छ, जसले सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्छ।

धनु राशि :

धनु राशिका व्यक्तिहरूका लागि बुध ग्रहको गोचर मध्यम फलदायी हुनेछ। धनु राशिका जातक कुनै पनि किसिमको विवादबाट टाढा रहनुहोस, नभए कानूनी समस्यामा परिन सक्छ। यस अवधिमा कुनै निर्णय लिनुअघि परिस्थिति राम्रोसँग मूल्याङ्कन गर्नुहोस्, त्यसपछि मात्र कदम चाल्नुहोस्, नत्र आफैं समस्यामा फस्न सक्नुहुन्छ। लगानी गर्न चाहनुहुन्छ भने अवश्य कुनै विशेषज्ञसँग सल्लाह लिनुहोस्, नभए नोक्सानी हुन सक्छ। जागिर र व्यवसाय गर्नेहरूले बुध ग्रहको गोचरका कारण केही चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ, जसले मानसिक तनाव ल्याउन सक्छ।

मीन राशि :

बुध ग्रहको गोचरले मीन राशिकाहरूका खर्चहरू अप्रत्याशित रूपमा बढ्न सक्छ, जसले मासिक बजेट बिग्रन सक्छ। तपाईंको मजाक वा व्यंग्यले अनायासै कसैको भावनालाई ठेस पुर्‍याउन सक्छ वा परिवारमा विवाद उत्पन्न हुन सक्छ, त्यसैले यस अवधिमा वाणीमा विशेष ध्यान दिनुहोस्। बुध ग्रहको गोचरको अवधिमा इलेक्ट्रोनिक उपकरणहरू—जस्तै इन्टरनेट वा मोबाइल फोन—को पनि विशेष ख्याल राख्नुपर्छ, किनकि यी उपकरणसँग सम्बन्धित समस्या देखिन सक्छन्।

व्यक्तिगत र व्यावसायिक मामिलामा अरूमा आँखा बन्द गरेर भरोसा गर्नबाट बच्नुहोस्, र कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नु अघि राम्ररी पढ्नुस्। कार्यस्थलमा सहकर्मीहरूको सहयोग अभावले तपाईलाई कुनै कार्यमा अड्किएको महसुस हुन् सक्छ, जसले यस अवधिमा चुनौतिहरू थप बढाउन सक्छ।

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०८२१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यको नक्षत्रमा बुधको गोचर, महाधनवान बन्नेछन् यी ३ राशि, मिल्नेछ सफलता, प्रमोसन र पैसा