कारको ठक्करबाट मर्निङ वाकमा निस्किएकी दुई महिलाको मृत्यु

बिहीबार बिहान बुद्धभूमि–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएकी दुई महिलाको कारले ठक्कर दिएर मृत्यु भएको छ।

शुक्रवार बिहान करिब ५:४५ बजेको समयमा गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएण्डडी ९५९९ नम्बरको गाडीले ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई ठक्कर दिएको थियो।

दुवै घाइते महिलालाई थप उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवातर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको जानकारी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका निरीक्षक विराट शर्मा पौडेलले दिनुभयो।

प्रहरीले रूपन्देहीको सैनामैना नगरपालिका–५ घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०३, २०८२१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै घरमा मजदुरी गर्नेलाई बाउसो बिँड प्रहार गरी ह*_त्या, दर्जी दम्पत्तिले स्वीकारे आरोप