रिसको झोँकमा श्रीमतीले कोदालोले हानिन्, श्रीमानको भयो मृत्यु

खोटाङ, हलेसी तुवाचुङ–९ सल्ले माथिल्लो चिचिङ्गका ५१ वर्षीय पाँचकर्ण राई आफ्नै श्रीमती रेनुका राईले कुटपिट गर्दा घाइते भएर उपचार क्रममा शुक्रबार साँझ मृत्यु भएका छन्।

शनिबार बिहान मकैबारी जोत्ने  क्रममा दुईजनाबीच सामान्य विवाद भएको थियो। रेनुकाले कोदालोको पासोले उनको टाउकोमा प्रहार गरेपछि पाँचकर्ण गम्भीर रूपमा घाइते भए।

घाइते अवस्थाको पाँचकर्णलाई पहिले नगर अस्पताल दुर्छिम लगियो, जहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारका लागि ल्याईएको थियो।

तर शनिबार साँझ अस्पतालमा उनको मृत्यु भयो। मृतकका शव परीक्षण र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पुगेको प्रहरीले जनाएको छ।

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा ५३ वर्षीय रेनुका राईलाई प्रहरीले शनिबार बिहानै जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी हिरासतमा राखेको छ।

प्रहरी निरीक्षक सुसान्त मिश्रका अनुसार रेनुकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइँदैछ।

प्रकाशित : सोमबार, बैशाख २९, २०८२११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह्वात्तै घट्यो आज सुनको भाउ