छतमा पानी हाल्ने क्रममा खसेर नेपाल प्रहरीका असईको मृत्यु

काठमाडौं : घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको ज्यान गएको छ।

मृतक असई प्रेम कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए, भन्ने जानकारी कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले दिएका छन्।

इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय कटवाल घर बिदामा इटहरीमै रहेका थिए। निर्माणाधीन आफ्नै घरको छतमा पानी हाल्ने क्रममा उनी खसेका थिए।

गम्भीर घाइते भएका कटवाललाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०८२१२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाख्रा चराउन गएका बालक साँझ बाख्रा आए पनि फर्किएनन्, वनमै मृत भेटिए