क्रिकेटप्रेमीलाई खुशीको खबर : छिट्टै टियु फर्किदैछन् आदिल आलम, क्यानले गर्यो प्रतिबन्ध फुकुवा

काठमाडौं : – नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित अलराउन्डर मोहमद आदिल आलममाथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ। २०७९ मंसिरमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० लिग प्रतियोगिताका क्रममा आदिलमाथि स्पट फिक्सिङको आरोप लागेको थियो र त्यसपछि क्यानले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अवरोध लगाएको थियो।

क्यानको इन्टेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पुरा गरी स्वतन्त्र छानबिन प्रतिवेदन बुझाएपछि उक्त सिफारिसका आधारमा क्यानले वैशाख २१ गतेदेखि आदिलको प्रतिबन्ध फुकुवा गरेको हो। अब उनले पुन: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन पाउनेछन्।

आदिल मध्यम गतिका बलिङ र आक्रामक ब्याटिङका लागि परिचित खेलाडी हुन् र राष्ट्रिय टोलीका नियमित सदस्य पनि थिए। प्रतिबन्धअघि उनी नेपाली राष्ट्रिय टोलीमा आफ्नो अलराउण्डर भूमिकामा योगदान दिँदै आएका थिए।

यसअघि, २०८० चैत्र १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले सीआईबीले गरेका दाबी नपुग्ने भन्दै आदिल र अर्का एक स्पट फिक्सिङ आरोपित खेलाडी महबुब आलमलाई सफाइ दिएको थियो। सोही मुद्दामा नितेश गुप्ता, नविन कँडेल र रवि माझीमाथि पनि सीआईबीले आरोप लगाएको थियो र उनीहरू सबैले अदालतबाट सफाइ प्राप्त गरेका छन्।

प्रतिबन्ध फुकुवापछि आदिललाई राष्ट्रिय टोलीमा पुनः स्थान बनाउन खुल्ला बाटो खुलेको छ र रचनात्मक भूमिका खेल्ने उनको क्षमता खेल प्रेमीहरूबीचमा उत्साहका साथ प्रत्याशित छ।

प्रकाशित : सोमबार, बैशाख २२, २०८२१८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३०० दिन पुग्न लाग्दासम्म बनेन टियु रङ्गशाला, २ महिनाभित्र सम्पन्न गर्न प्रम ओलीले दिए कडा निर्देशन