दाङमै घट्यो यस्तो घटना : कक्षा १२ का विद्यार्थीले गरे शिक्षकलाई खुँडा प्रहार

काठमाडौँ — दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको हिमाल बोर्डिङ स्कूलमा कक्षा १२ का विद्यार्थी सुरेश सुनारले आफ्नै शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका छन्।

प्रहरीले जानकारी दिएको अनुसार, शुक्रबार विहान करिब १०:३० बजे विद्यालय नजिकै श्रेष्ठमाथि गरिएको यस हमलामा उनका बाँया खुट्टा र दुवै हातको पाखुरा गम्भीर घाइते भएका थिए।

घाइते शिक्षक हाल राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

घटनाको तुरुन्तै पछि फरार भएका सुरेश सुनारलाई प्रहरीले शनिबार राति करिब ८:४५ बजे पक्राउ गरेको छ।

दाङ प्रहरीले प्रहारको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित : आइतबार, बैशाख २१, २०८२१३:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिक्षक आन्दोलनमा आएकी शिक्षिका १० दिनदेखि बेपत्ता, २ बालबच्चा बिल्लीबाठ