Uncategorized

मामाको ज्यान लिएको आरोपमा भान्जा पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिकामा मामाको हत्या प्रकरणमा भान्जालाई पक्राउ गरिएको छ।

प्रहरीले जानकारी दिएको अनुसार, नागार्जुन–३ स्थित रातामाटेमा बस्दै आएका सिन्धुली फिक्कल गाउँपालिका–५ का ४५ वर्षीय सन्तोष माझीको हत्या भएको हो।

शुक्रबार दिउँसो २८ वर्षीय सुरज तामाङले फलामको पाइपले आक्रमण गर्दा घटनास्थलमै सन्तोषको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुरज तामाङ मृतक माझीका नातामा भान्जा पर्ने बताएका छन्।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ।

हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : शनिबार, बैशाख २०, २०८२२२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :