राजावादीले एयरपोर्टमा आगलागी गराउन १५ पेट्रोल बम प्रहार गरे : वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले चैत १५ गते भएको राजावादी प्रदर्शनका बेला त्रिभुवन विमानस्थल क्षेत्रमै १५ वटा पेट्रोल बम फ्याँकेको बताएका छन्। शनिबार आदिवासी जनजाति महासंघको महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै उनले यसबारे खुलासा गरेका हुन् ।

पाण्डेका अनुसार, विमानस्थल छेउमै रहेको ठूलो पेट्रोल पम्पमा करोडौँ लिटर इन्धन भण्डारण हुन्छ, जुन विशेष रूपमा एयरपोर्ट सञ्चालनका लागि आरक्षित हो । “त्यस क्षेत्रमा आगलागी गराउन १५ ओटा पेट्रोल बम प्रहार गरे,” उनले भने, “यो कार्य राजावादीको थियो।”

उनले थपे, “यदि ती पेट्रोल बमले आगो लागेको भए काठमाडौंमा बसोबास गर्ने करिब ६५ लाख मान्छे मध्ये ६० प्रतिशतको ज्यान जोखिममा पर्थ्यो । शहर, विमानस्थल र राष्ट्र नै ध्वस्त हुने खतरा थियो ।”

पाण्डेले यस घटनाले नेपालकै अस्तित्वमा नै ठूलो संकट निम्त्याउन सक्ने बताए । यस घटनामा अहिलेसम्म प्रहरी अनुसन्धान जारी छ  ।

प्रकाशित : शनिबार, बैशाख २०, २०८२१६:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रतिबन्धित औषधी र नगतसहित ६ जना पक्राउ, श्रीमान – श्रीमती मिलेर चलाउदैथिए धन्दा