रोहित, विराट र बुमराह लगायतका खेलाडीले वर्षमा कति पाउलान् बिसिसिआईबाट ?

भारतीय क्रिकेट नियामक संस्था बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (BCCI) ले २०२४–२५ सिजनका लागि केन्द्रीय सम्झौतामा पर्ने ३४ खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। सोमबार जारी गरिएको यो सूची अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्म लागु हुनेछ।

यसपटकको सूचीमा अघिल्लो पटक सम्झौताबाट बाहिरिएका श्रेयस अय्यर र इशान किशन पुनः समावेश भएका छन्। साथै, यस वर्षको सम्झौतामा ए+ श्रेणी (सबैभन्दा उच्च वर्ग) मा चार खेलाडी कायम छन् — रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह र रविन्द्र जडेजा।

पछिल्लो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका रविचन्द्रन अश्विन भने सूचीबाट हटाइएको छ। यद्यपि रोहित, कोहली र जडेजा ले टी–२० विश्वकप जितेपछि यस फारम्याटबाट संन्यास लिए पनि उनीहरू सम्झौता सूचीमा यथावत छन्।

यस सिजनको एक उल्लेखनीय परिवर्तन भनेको ऋषभ पन्तको बी श्रेणीबाट ए श्रेणीमा बढुवा हुनु हो। ए श्रेणीमा उनीसँगै मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल, हार्दिक पाण्ड्या र मोहम्मद शामी परेका छन्।

बी श्रेणीमा श्रेयस अय्यर, कुलदीप यादव, अक्षर पटेल, यशस्वी जैसवाल र सूर्यकुमार यादव रहेका छन्।

त्यस्तै, इशान किशन सहित केही नयाँ अनुहारहरू सी श्रेणीमा समावेश गरिएका छन्। नयाँ थपिएका नामहरूमा नितीश कुमार रेड्डी, ध्रुव जुरेल, अभिषेक शर्मा, सर्फराज खान, आकाश दीप, वरुण चक्रवर्ती र हर्षित राना परेका छन्।

यता, अघिल्लो वर्ष सी श्रेणीमा रहेका शार्दुल ठाकुर, केएस भरत, आवेश खान र जितेश शर्मा यस पटक सूचीबाट बाहिरिएका छन्।

श्रेणी ए+ (वार्षिक ७ करोड भारू)
रोहित शर्मा

विराट कोहली

जसप्रीत बुमराह

रविन्द्र जडेजा

श्रेणी ए (वार्षिक ५ करोड भारू)
मोहम्मद सिराज

केएल राहुल

शुभमन गिल

हार्दिक पाण्ड्या

मोहम्मद शामी

ऋषभ पन्त

श्रेणी बी (वार्षिक ३ करोड भारू)
सूर्यकुमार यादव

कुलदीप यादव

अक्षर पटेल

यशस्वी जैसवाल

श्रेयस अय्यर

श्रेणी सी (वार्षिक १ करोड भारू)
रिंकू सिंह

तिलक वर्मा

रुतुराज गायकवाड

शिवम दुबे

रवि बिश्नोई

वाशिंगटन सुन्दर

मुकेश कुमार

सञ्जु सामसन

अर्शदीप सिंह

प्रसिद्ध कृष्णा

रजत पाटिदार

ध्रुव जुरेल

सर्फराज खान

नितिश कुमार रेड्डी

इशान किशन

अभिषेक शर्मा

आकाश दीप

वरुण चक्रवर्ती

हर्षित राना

प्रकाशित : सोमबार, बैशाख ०८, २०८२२२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख १० गतेको राशिफल : बुधबारको दिन १२ राशिका दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल