काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। बैशाख ८ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
बैशाख ८ गतेको पञ्चाङ्ग : –
दिन : सोमवार
तिथि : अष्टमी, १४:०७ बजेपछि नवमी
नक्षत्र : उत्तराषाढा, ०८:२३ बजेपछि श्रवण
योग : साध्य, १९:०९ बजेपछि शुभ
करण : कौलव, १४:०७ बजेपछि तैतिल, ०१:४६ बजेउप्रान्त गर
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यवसायिक क्षेत्रमा अलिक तनाव र मानसिक द्वन्द्वको सामना गर्नुपर्ने देखिन्छ। निर्णयहरूमा द्विविधा बढ्न सक्छ, तर आफ्नो अनुभव र विवेकमा भरोसा राखेर अघि बढेमा मार्ग पक्कै खुल्नेछ। केही भ्रामक खबरहरूले मन अशान्त तुल्याउन सक्छन्, त्यसैले सूचना पुष्टि बिना निर्णय नगर्नुहोला। स्वास्थ्यमा थकान र निद्रा नपुग्ने समस्या देखिन सक्छ। यद्यपि, शेयर बजारतर्फ लगानीकर्ताका लागि दिन सकारात्मक रहने सम्भावना छ। बेरोजगारहरूका लागि नयाँ अवसरको ढोका खुल्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएको धन प्राप्त हुने सम्भावना छ, जसले व्यवसायमा राहत मिल्नेछ। काममा निरन्तरता आउँनेछ र नयाँ योजना बन्ने संकेत छन्। प्रेम सम्बन्धमा सानो मनमुटाव सम्भव छ, त्यसैले संवादमा संवेदनशील हुनु जरुरी हुनेछ। आर्थिक पक्षमा सुधार देखिए पनि जोखिमपूर्ण निर्णयबाट टाढा रहनु नै उपयुक्त हुनेछ। सन्तानको अवस्थाले केही चिन्ता दिन सक्छ। दिनको उत्तरार्धमा सन्तुलन कायम राख्ने प्रयास सफल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा सानो लापरवाहीले ठूलो असर पार्न सक्छ, त्यसैले ध्यानपूर्वक काम गर्नुहोस्। साथीभाइ तथा नजिकका व्यक्तिबाट सहयोग र समर्थन प्राप्त हुनेछ। अनावश्यक खर्चले चिन्ता बढाउन सक्छ, वित्तीय योजना आवश्यक हुनेछ। जागिर परिवर्तन वा अन्य महत्वपूर्ण निर्णय गर्दा पुनः विचार गर्नु राम्रो हुन्छ। पारिवारिक साथ र माया पाउने दिन हो, बाहिरी घुमफिरको योजना पनि बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आत्मविश्वास निकै बलियो रहनेछ, जसले तपाईंलाई कठिन परिस्थितिमा पनि सन्तुलित राख्नेछ। धार्मिक वा सामाजिक काममा धन खर्च बढ्न सक्छ तर मन सन्तुष्ट हुनेछ। यद्यपि आर्थिक चिन्ता केही समयलाई साथ रहनेछ। अनुभवीको सुझावबाट नयाँ बाटो खुल्ने सम्भावना छ। प्रेम र व्यापार दुबै क्षेत्रमा सुधार आउनेछ, तर धैर्यले सबै सम्भव बनाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका कामहरू पूरा हुने संकेत छन्। स्वास्थ्य सामान्यतया ठीक रहनेछ, तर पाचनतन्त्रसम्बन्धी सर्तकता अपनाउनु उत्तम हुनेछ। ठूलो उद्देश्यतर्फ प्रेरणा बढ्नेछ, र छोटो दूरीको यात्रा रमाइलो हुने सम्भावना छ। व्यापारिक गतिविधिहरूमा मध्यम लाभ हुनेछ। सन्तानसँग सन्तोषजनक समय बित्नेछ, यद्यपि उनीहरूको पढाइमा थप ध्यान दिनु जरुरी छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थीहरूका लागि आजको दिन अत्यन्त फलदायी रहनेछ। धार्मिक यात्रा वा आध्यात्मिक कार्यमा सहभागिता हुन सक्छ। केही शत्रुहरू सक्रिय रहनेछन्, तर तपाईंको सूझबुझले ती समस्याहरू हल गर्न सकिनेछ। अरूको मामिलामा अनावश्यक हस्तक्षेप नगर्नु नै उत्तम हुनेछ। प्रियजनको साथ र साथीभाइसँग खुसीयाली समय बित्नेछ। तपाईंकै परिश्रमले ठूला कामहरू सफल बन्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा लापरवाही नगर्नुहोस्, विशेष गरी सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। मानसिक रुपमा अलिक त्रास वा अनिश्चितताको अनुभव हुन सक्छ। साथीभाइको साथले बिग्रिएको काम पनि सहज बन्नेछ। मनोरञ्जनमा भाग लिने अवसर आउन सक्छ, जसले तनाव कम गर्न मद्दत गर्नेछ। छोराछोरीको स्वास्थ्यमा विशेष ध्यान आवश्यक छ। काममा केही सुधार देखिए पनि संयमता जरुरी छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंको आत्मबल उच्च रहनेछ, जसले ठूला जिम्मेवारीहरू सहजै पुरा गर्न सक्ने बनाउनेछ। समाजसेवा वा परोपकारी कार्यमा मन जाने सम्भावना छ। व्यापार व्यवसाय राम्रो चल्नेछ र पारिवारिक वातावरणमा खुसी छाउनेछ। यद्यपि, जग्गा-जमिन तथा सवारी साधन खरिदमा केही अवरोध आइपर्न सक्छ, त्यसैले कागजातमा ध्यान दिनुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज धन आर्जनका लागि अनुकूल समय रहेको छ। व्यवसायमा लाभ हुनेछ र नयाँ साझेदारी वा सम्झौताका लागि प्रयास गरिएमा सफलता मिल्नेछ। बिद्यार्थीहरूका लागि पनि यो समय उपलब्धिपूर्ण हुनेछ। जागिरमा पदोन्नति वा सकारात्मक परिवर्तन देखिन सक्छ। कार्यस्थलमा स्थानान्तरणको संभावना देखिन्छ। माया र सन्तानको साथमा सकारात्मक ऊर्जा रहला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको रकम हात पर्नेछ, जसले मन प्रसन्न बनाउनेछ। राजनीतिक वा सामाजिक व्यक्तित्व भएका मानिसका लागि दिन राम्रो रहला। स्वास्थ्यमा सानो असर देखिए पनि कानूनी समस्याहरू समाधान हुनेछन्। घरमा केही अशान्ति देखिए पनि सम्हाल्न सकिने अवस्था हुनेछ। यात्राबाट सन्तुष्टि मिल्नेछ। माया र सन्तानसँगको सम्बन्धमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम र व्यापारमा प्रगति हुनेछ, तर मनमा अनावश्यक अशान्ति छाउने सम्भावना छ। नकारात्मक सोचबाट टाढा रहनुहोस्। आर्थिक पक्षमा थोरै हानि हुन सक्ने भएकाले सतर्क रहनु उपयुक्त हुनेछ। स्वास्थ्य कमजोर रहने संकेत छ, विशेषगरी थकान वा चिसो लाग्न सक्छ। छोराछोरीको स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। यद्यपि, व्यवसायमा सुधारको लक्षण देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज विवाद वा टकरावबाट जोगिनु बुद्धिमानी हुनेछ। उच्च पदस्थ व्यक्तिसँग बहस नगर्नु नै उपयुक्त हुनेछ। टाउको दुख्ने, आँखामा जलन वा थकानजस्ता समस्या देखिन सक्छन्। यद्यपि, प्रभावशाली व्यक्तिको सहयोगले लाभदायक अवसर हात लाग्ने सम्भावना छ। माया सम्बन्धमा असमझदारी बढ्न सक्छ भने सन्तानसँगको दूरी पनि महशुस हुन सक्छ।