भोलिको राशिफल: भोलि साउन १२ गते शुक्रबार माता सन्तोषीको कृपाले कस्तो रहला दिन, हेर्नुहोस् राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्चमा ध्यान राख्नुहोला। किनकी पैसा खर्च हुने योग छ। धन सम्बन्धित सबै कार्यमा सावधान रहनुहोला। कसैसँग वाद-विवाद नहोस् यस कुराको ध्यान राख्नुहोला। तपाईको दिन मध्यम फलदायी छ।

वृष राशि  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन शुभफलदायी छ। तपाईको रचनात्मक र कलात्मक शक्ति वृद्दि होला। मानसिक रुपले तपाईको वैचारिक स्थिरताको अनुभूति गर्नुहुन्छ। आभूषण, सौंदर्य प्रसाधन र मनोरंजनको पछाडी खर्च होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन कष्टदायी हुनाले हरेक कार्यमा सावधानी अपनाउनुपर्नेछ। परिवार एवम् सन्तानको कारण झगडा हुन सक्छ। शारीरिक स्वास्थ्य बिग्रन सक्ला। विशेषगरी आँखामा पीडा हुन सक्छ। दुर्घटना एवम आकस्मिक खर्च हुने योग छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन लाभदायक छ। आम्दानी वृद्दि होला।  कुनै अन्य तरिकाबाट आकस्थिक लाभ हुन सक्छ। मित्रसँग भएको भेट आनन्दमयी रहला। व्यापारमा लाभ होला। सन्तान र जीवनसाथीको सुख मिल्नेछ। चिन्ताबाट मुक्ति अनुभव होला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यवसायिक दृष्टिले दिन निकै लाभदायक छ। हरेक काम सफलतापुर्वक सम्पन्न होला। उच्च अधिकारीको कृपा दृष्टि रहनेछ। पिताको तर्फबाट लाभ होला। घरायसी जीवन मधुरतापूर्ण रहनेछ। सरकारी कार्यमा लाभ मिल्नेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तपाईको दिन राम्रो रहला। धार्मिक कार्य तथा धार्मिक यात्रा हुने योग छ। स्त्री मित्रबाट लाभ होला। विदेशमा बस्ने आफन्तको तर्फबाट खबर प्राप्त गर्नुहुन्छ। तपाईको दिन आर्थिक लाभको दिन छ। भाई-बहिनीबाट लाभ होला।

तुला राशि- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ काम सुरु गर्नको लागि शुभ दिन छ। भाषा र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक सिद्दि प्राप्त गर्नको लागि शुभ समय छ। पानी र स्त्रीबाट टाढा नै रहनुहोला। रहस्यमयी कुराप्रति आकर्षण रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको दिन छुट्टै तरिकाले बित्नेछ। आफ्नो लागि समय निकाल्न सक्नु हुनेछैन। मान-सम्मान वृद्दि होला। प्रियजनसँग भेट हुँदा प्रसन्न रहनुहुन्छ। वैवाहिक सुखको पूर्ण आनन्द प्राप्त होला। मित्रसँग घुमफिर ,मोजमस्ती , मनोरंजन र भोजनको आनन्द प्राप्त होला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको लागि आर्थिक लाभको दिन छ। घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। शारीरिक स्वास्थ्य राम्रो रहला। माईति पक्षबाट खबर प्राप्त गर्नुहुन्छ। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछ। पेसाबाट लाभ र सहकर्मीको सहयोग मिल्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको मन चिन्ताग्रस्त र दुविधायुक्त रहनेछ। कुनै पनि महत्त्वपूर्ण कार्य नगर्नुहोला। सन्तानको स्वास्थ्यको चिन्ता रहनेछ। कार्यालयमा उच्च पदाधिकारीको अप्रसन्नताको सामना गर्नुपर्नेछ। सन्तानसँग मतभेद होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको स्वभावमा प्रेम छल्किनेछ। यसकारण मानसिक रुपले निराश अनुभव होला। आमाको तर्फबाट लाभ होला। पैसा सम्बन्धित योजना बनाउन सक्नुहुन्छ। जमिन एवम् साधन सम्बन्धि ध्यान राख्न अतिआवश्यक छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन शुभ फलदायी छ। तपाई सिर्जनात्मक र कलात्मक शक्ति वृद्दि होला। वैचारिक स्थिरताको कारण कार्य राम्रोसँग सम्पन्न हुनेछ। जीवनसाथीसँग समय बित्नेछ। कार्यमा सफलता मिल्नेछ। मान-सम्मान प्राप्त होला।

प्रकाशित : बिहिबार, साउन ११, २०८०१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :