यी अभिनेत्रीले गरेका थिए आफूभन्दा धेरै बुढा मानिससँग विवाह, एकले त २२ वर्ष…..

भनिन्छ नि प्रेम अन्धो हुन्छ। प्रेममा धन, धर्म, उमेर केहि पनि हेरिँदैन। यस्तै बलिउडमा पनि यस्ता थुप्रै अभिनेत्री छन् जसले आफू भन्दा धेरै ठूलो उमेरका मानिससँग प्रेम गरे र विवाह गरेका छन्। एक-दुई वर्षको अन्तर मात्र नभएर निकै धेरै वर्ष उमेरको अन्तरालले पनि यी अभिनेत्रीहरूको प्रेमलाई रोक्न सकेन। आज हामी तपाईंलाई यस्तै केहि अभिनेत्रीहरुकको बारेमा बताउँछौं…….

आमिर खान-किरण राव

आमिर खानले २००५ मा किरण रावसँग विवाह गरेका थिए। किरण आमिरभन्दा ९ वर्ष कान्छी छिन्। किरण-आमिरको भेट फिल्म ‘लगान’ को शूटिंगको समयमा भएको थियो। किरण यस फिल्मकी सहायक निर्देशक थिइन्। त्यहि समयबाट यी दुईको परिचय भयो र दुबै एक-अर्कालाई डेट गर्न थाले। आमिर-किरणको एक छोरा पनि छन्, जसको नाम आजाद राव खान हो।

सेफ अली खान-करीना कपूर खान 

यो सूचीमा स्टार कपाल सेफ अली खान र करीना कपूर खानको नाम पनि छ। करीना सेफ भन्दा ११ वर्ष कान्छी छिन् तर दुबैको वैवाहिक जीवन अत्यन्त सुखमय रूपले चलिरहेको छ। सेफ-करीना भर्खरै दोस्रो बच्चाका अभिभावक बने। दुबैको भेट फिल्म ‘टाशन’ को सेटमा भएको थियो र त्यहि समयबाट यी दुईको प्रेम कहानी सुरु भयो।

धर्मेन्द्र-हेमा मालिनी 

यस सूचीमा अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रको नाम पनि छ। ‘शोले’ फिल्मको सेटमा एक-अर्कालाई भेटेका धर्मेन्द्र-हेमाको उमेरबीच १३ वर्षको भिन्नता रहेको छ। हेमा मालिनी धर्मेन्द्रभन्दा १३ वर्ष कान्छी छिन्। धर्मेन्द्र विवाहित हुँदा हुँदै पनि हेमा मालिनी उनीसँग प्रेममा परिन्।

दिलिप कुमार-सायरा बानो 

उमेर अन्तरालको कुरा गरिरहँदा सबैभन्दा ठूलो अन्तर अभिनेत्री सायरा बानो र दिग्गज अभिनेता दिलीप कुमारबीच रहेको छ। २२ वर्षीय सायरा बानोले आफूभन्दा २२ वर्ष जेठा दिलीप कुमारसँग विवाह गरेका थिए। १२ बर्षको उमेरदेखि नै सायरा दिलीप कुमारको दिवाना थिइन्। सन् १९९६ मा दुबैले कसैलाई नबताईकन विवाह गरे।

प्रकाशित : बिहिबार, साउन ११, २०८००८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिला एक-अर्का बिना बाँच्नै सक्दैनथे, अहिले छन् सबै भन्दा ठूला दुश्मन !