भोलिको राशिफल: भोलि साउन ११ गते बिहीबार शुभ-अशुभ कस्तो हुनेछ दिन, हेर्नुहोस् राशिफल !

मेष राशि  – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आफ्नो स्वाभावमा संयमता अपनाउनु होला । मानसिक रुपमा थकित महसुस गर्नुहुनेछ। परिश्रमको तुलना फल कम प्राप्त हुनेछ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। कार्य व्यस्तताको कारण परिवारमा खासै ध्यान जाने छैन । सरकारी काममा सफलता मिल्नेछ। पेट सम्बन्धि समस्या हुन सक्छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

मनोबल बढ्ने हुँदा कुनै पनि कम सहजै सम्पन्न हुनेछ । साथै काममा सफलता प्राप्त हुनेछ। बाबुको पक्षबाट लाभ प्राप्त गर्न सक्नुहुन्छ। विद्यार्थीहरु सिक्नमा रुचि राख्नेछन्। सरकारी काममा आर्थिक सफलता प्राप्त गर्न सकिनेछ। सन्तानको लागि पुजी लगानी गर्न सकिने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

आजको दिन नयाँ योजनाको लागि अनकुल समय रहेको छ । सरकारी लाभ र उच्च अधिकारीहरुबाट काममा उचित फल प्राप्त हुनेछ । भाइबहिनी र छिमेकीहरु बिच भएको विवाद कम हुनेछ । विचार परिवर्तन हुने अधिक सम्भावना रहेको छ । आर्थिक लेनदेनमा सजग रहनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

मनमा नकारात्मक भावना आउन सक्छ । शारीरिक र मानसिक रुपमा स्वस्थ महसुस गर्न सकिने छैन । निराशा र असन्तुष्टिको भावना दिमागमा रहनेछ। विद्यार्थीहरुको लागि सोचे अनुसाको परिणाम प्राप्त नहुन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईमा आत्मविश्वास बढ्ने छ । कुनै पनि कामको लागि छिट्टै निर्णय लिन सकिने छ । बुबा र बृद्धहरुबाट लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्न सक्छ। बोली र व्यवहारमा उग्रता कम गर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ । क्रोधको मात्रा उच्च रहन सक्छ। स्वास्थ्य बिग्रन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

विशेष सावधान रहन पर्ने दिन रहेको छ । कसैसँग विवादमा फस्न सकिने हुँदा सजग रहनु होला । शारीरिक थकान र मानसिक तनाव हुनेछ। साथीहरु सँग विवाद हुनेछ। स्वास्थ्यको ख्याल राख्नुहोस्। आकस्मिक धन खर्च हुन सक्छ। झगडाबाट टाढा रहनुहोस्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

दिन अत्यन्तै शुभ रहेको छ। विभिन्न क्षेत्रबाट भएको लाभको कारण मन प्रसन्न हुनेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ । आम्दानी पनि बढ्न सक्छ। साथीहरुबाट लाभान्वित भइने छ । रमाइलो यात्रा हुनेछ । स्त्री मित्रसँग भेट हुँदा मन प्रसन्न हुनेछ । जीवन साथी मिल्ने योग रहेको छ। उत्तम भोजन प्राप्त हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन तपाईको लागी शुभ रहनेछ । व्यापार व्यवसायमा वातावरण अनुकूल रहनेछ। उच्च अधिकारीहरु तपाईसँग खुसी हुनेछन्। तपाइँको हरेक काम आज सफलतापूर्वक पूरा हुनेछ। तपाईको प्रतिष्ठा बढ्नेछ। जागिरमा पदोन्नति पनि हुन सक्छ। सन्तानको प्रगतिको कारण मन प्रशन्न हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । शारीरिक रुपमा आलस्यता अनुभव हुनेछ । मनमा चिन्ता रहन सक्छ। व्यवसायमा वाधा आउनेछ। संकट जनक विचारबाट टाढा रहनु होला । कुनै योजना बनाउदा सावधानीपूर्वक बनाउनुहोस्। प्रतिस्पर्धी र प्रतिद्वन्द्वीहरु सँग विवाद टाढा रहनु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

अचानक धन खर्च हुन सक्छ । यो खर्च स्वास्थ्यको कारण पनि हुनसक्छ । व्यावहारिक वा सामाजिक कामको लागी बाहिर जान पर्ने सम्भावना हुन सक्छ । खान पानमा विशेष ध्यान दिनु होला । जागिर वा व्यवसायमा समय अनुकूलता रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

प्रेम जोडीको लागि समय अनकुल रहेको छ। काममा तपाईको आत्मा विस्वास र दृढ मनोबलको साथमा सम्पन्न गर्न सक्नु हुनेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । उत्तम भोजन र नायाँ वस्त्र प्राप्त गर्ने सम्भावना रहेको छ । वाहनको शुख प्राप्त हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

दिन शुभ रहेको छ । तपाईको आत्मविस्वास तथा मनोबल बढ्ने छ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ। घरमा सुख र शान्तिको वातावरण रहनेछ। बोलि तथा व्यवाहारमा विशेष ध्यान दिनु होला । सहकर्मीको सहयोग प्राप्त हुनेछ । माइतीबाट सन्देश आउने छ ।

प्रकाशित : बुधबार, साउन १०, २०८०१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन ११ गते कस्तो हुनेछ दिन, हेर्नुहोस् राशिफल