यस वर्षको जनवरी महिनामा नै शनि देव मकर राशिलाई छोडेर कुम्भ राशिमा प्रवेश गरेका थिए। यस राशिमा शनि अबको साढे दुई वर्षसम्म रहनेछ। राशि परिवर्तनपछि शनिले जुन महिनामा आफ्नो दिशा परिवर्तन गरि कुम्भ राशिमा उल्टो चालमा रहेका छन्। करिब पाँच महिनापछि नोभेम्बरमा शनि मार्गी हुनेछ। शनिको उल्टो चालले केही राशिहरूमा विशेष सकारात्मक प्रभाव पार्नेछ। जान्नुहोस् कुन-कुन राशिलाई शुभ प्रभाव पर्नेछ?
वृष राशि
वृष राशिका व्यक्तिले शनिदेवको विशेष आशीर्वाद प्राप्त गर्नेछन्। करियर र व्यवसायमा उल्लेखनीय वृद्धि हुनेछ। नयाँ कामको खोजीमा रहेका मानिसहरूले सफलता हात पार्न सक्छन्। घरमा धार्मिक कार्य वा घटनाहरू हुन सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ, जसले मनमा खुशी ल्याउनेछ। व्यापार व्यावसायीहरुले अनुकुल अवसर प्राप्त गर्नेछन्।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूलाई शनिको मार्गी चलनको विशेष प्रभाव देख्न सकिन्छ। सिंह राशिका व्यक्तिहरुका लागि शनिको मार्गी चाल निकै शुभ रहेको छ। यस अवधिमा शनि सिंह राशिको सातौं घरमा हुनेछ। यस बाहेक यस राशिमा शश नामको राजयोग पनि बन्नेछ। यसले साझेदारी र व्यापार उद्यमहरूसँग सम्बन्धित व्यक्तिहरूको लागि राम्रो लाभको संकेत गर्दछ। यसबाहेक, आफ्नो पारिवारिक र दाम्पत्य जीवनमा सकारात्मक प्रभाव देख्नुहुनेछ। आम्दानीमा बृद्धि, करियरमा प्रगति र प्रयासमा राम्रो लाभको सम्भावना छ। कानुनी लडाइँ जित्ने मौका पनि मिल्न सक्छ।
मकर राशि
मकर राशिका लागि शनिको यो मार्गी चाल निकै लाभदायी रहनेछ। यस अवधिमा महत्वपूर्ण आर्थिक लाभको अपेक्षा गर्न सक्नुहुन्छ। रोजगारी भएका व्यक्तिहरूले करियर लाभ र पदोन्नति देख्न सक्छन्। विशेष कार्यमा सफलता प्राप्त गर्ने अवसर मिल्नेछ। भाग्यको सहयोगले लाभ प्राप्त गर्नुहुनेछ र आफ्ना सबै प्रयासहरूमा सफलता प्राप्त गर्नुहुनेछ। आर्थिक स्थितिमा सुधार आउन सक्छ।