२०८० साल श्रावन महिनाको राशिफल
«•» ज्योतिषाचार्य हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। प्रतिस्पर्धामा सफलताको योग छ। भाग्यले साथ दिनाले आँटेका काम बन्नेछन्। सामाजिक एवं धार्मिक कार्यमा अभिरुचि बढेर जानेछ । काममा आएका विघ्नबाधा क्रमशः हटेर जानेछन् । पठनपाठनमा मन्द प्रगतिको योग छ। इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्ने छ। आर्थिक क्षेत्रका काममा मध्यम सफलताको योग देखिन्छ। रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर मिल्नेछन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मध्यम फलदायी समय छ । लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने छ । सामान्य आँखासम्बन्धी समस्या दे खा पर्नेछ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन् । मानसिक अस्थिरता केही बढेर जाला । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। आफन्त एवं आत्मीय जनसँगको भेटघाटले मन रमाउने छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ। महिनाको पूर्वार्धमा धनागमका साथै विविध उपहार प्राप्त हुनेछन्। धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
कार्यव्यस्तता बढेर जानेछ। यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ। काममा अनावश्यक समस्या आइपर्नेछन्। खर्चको मात्रा बढेर जानेछ। पठनपाठनमा गहिरो अभिरुचि लाग्नेछ। साथीसङ्गतमा विचार पु¥याउनुपर्नेछ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर मिल्नेछन् ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आर्थिक पक्ष अनुकूल रहने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ। सामान्य अस्वस्थताको योग छ। मनोरञ्जनमा खर्च बढ्ने देखिन्छ। महिनाको पूर्वार्धमा बोलीको प्रभावले विशिष्ट व्यक्तिको मन जित्नुका साथै महìवपूर्ण काम बन्नेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ। धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सफलताको महिना रहेको छ। उच्च मनोबलका साथै कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला। प्रतिस्पर्धामा सफलताको योग छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक पक्ष अनुकूल रहनेछ। गरेका कामको उच्च मूल्याङ्कन हुनेछ। जागिरमा पदोन्नतिको सम्भावना छ। महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्नेछन्। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जानेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मानसिक अस्थिरता केही बढेर जानेछ। मनोबल उच्च रहनेछ। आँटेका काममा महìवपूर्ण सफलता मिल्नेछ। शारीरिक आरोग्यता अनुकूल रहनेछ । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ। वादविवाद एवं प्रतिस्पर्धामा सफलत मिल्नेछ। महिनाको पूर्वार्धमा आएका बाधाअड्चन उत्तरार्धमा क्रमशः हटेर जाने छन् । आर्थिक पक्ष बलियो भएर जाने छ । नवीन कारोबारमा सफलता मिल्नेछ। अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
कार्यव्यस्तता बढेर जानेछ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यता अनुकूल रहने छ। अनावश्यक दौडधुप केही बढी नै गर्नुपर्नाले शारीरिक एवं मानसिक ताप बढाउने देखिन्छ। आर्थिक पक्षका काममा क्रमशः सुधारको अवस्था छ। नयाँ ठाउँको भ्रमण, आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ। धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्नेछ। काममा ढिलासुस्तीका साथै आलस्यता बढेर जानेछ । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर प्राप्त हुनेछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ। स्वास्थ्यमा उतारचढावको स्थिति देखा पर्ला। सामान्य चोटपटकको सम्भावना देखिएकाले सवारी चलाउँदा सतर्कता अपनाउनु पर्ने छ । महिनाको पूर्वार्धमा मानसिक अस्थिरता केही बढेर जानेछ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको योग छ। महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
रोकिएका काम क्रमशः बन्दै जाने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ । पारिवारिक खर्चको मात्रा केही बढेर जाला । प्रतिस्पर्धामा सफलता मिल्ने छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट हुन सक्ने देखिन्छ। उच्च मनोबलका साथ कार्यक्षमतामा बढोत्तरी भएर जानेछ। महिनाको पूर्वार्धमा आइपरेको समस्या क्रमशः उत्तरार्धमा हटेर जानुका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहनेछ। आत्मबल बढेर जानाले कार्यक्षमतामा प्रगति भएर जानेछ। विवादमा विजय एवं प्रतिस्पर्धामा सफलता मिल्नेछ। धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्नेछ। लेनदेन एवं ठुला लगानी नगर्दा नै राम्रो होला। घरायसी खर्चको मात्रा बढेर जानेछ। रोकिएका काम क्रमशः बन्दै जानेछन्। महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मानसिक अस्थिरता केही बढेर जाला। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्। लेनदेन एवं ठूला लगानी नगर्दा नै राम्रो होला। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जानेछ। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। आत्मीयजनसँगको भेटघाटले मन रमाउने छ। धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्नेछ। महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्नेछन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
शारीरिक आरोग्यता अनुकूल रहनेछ। भाग्यले साथ दिनाले रोकिएका काम क्रमशः बन्दै जानेछन्। प्रतिस्पर्धामा सफलताको सम्भावना छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाने देखिन्छ। सामान्य पेटसम्बन्धी समस्या देखा पर्नेछ। अध्ययन अध्यापनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाला। इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्नेछ। महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्नेछन्।