यस्ता व्यक्तिले भुलेर पनि नराख्नुहोस् साउन महिनाको व्रत, अन्यथा बढ्नेछ समस्या

साउन महिनाको सोमबार व्रत राख्नु निकै शुभ मानिन्छ। यस महिनामा भगवान शिवका भक्तहरुले सोमबार व्रत बसेर पूजा–आराधना गर्ने गर्दछन्। जसका कारण भगवान शिव प्रसन्‍न भई भक्तजनको सबै मनोकामना पूरा गर्नुहुन्छ तर केही व्यक्तिलाई सोमबार व्रत गर्न निषेध गरिएको छ।

सोमबार व्रत कसले राख्नु हुँदैन ?
साउनको सोमबार साना केटाकेटीदेखि घरका बूढापाकासम्मले भगवान शिवको आशीर्वाद पाउनका लागि भगवान शिवको पूजा–आराधना गर्ने गरे पनि धार्मिक मान्यता अनुसार सोमबारको व्रत निश्चित परिस्थितिमा राख्नु हुँदैन ।

जेष्ठ नागरिकले व्रत नराख्नुः घरका जेठाले सोमबार व्रत राख्नु हुँदैन। बढ्दो उमेरसँगै शरीर कमजोर हुँदै जान्छ। यस्तो अवस्थामा वृद्धवृद्धाले व्रत बस्नबाट टाढा रहनुपर्छ।

रोग लागेकाले उपवास बस्नु हुँदैन: मनसुन आउनेबित्तिकै घाँटी दुख्ने, ज्वरोजस्ता धेरै भाइरल रोगले मानिसलाई आफ्नो सिकार बनाउँछ। यस्तो अवस्थामा रोग लागेका व्यक्तिले साउनको सोमबार व्रत बस्नु हुँदैन।

गर्भवती महिलाले व्रत नराख्नुः गर्भवती महिलाले साउनको सोमबार व्रत नराख्नु राम्रो हुन्छ। यसले गर्भमा रहेको बच्चाको स्वास्थ्यमा असर पार्न सक्छ। गर्भवती महिलाले साउनमा भगवान शिवको पूजा गर्न सक्छन्।

प्रकाशित : आइतबार, असार २४, २०८०११:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि कामिका एकादशी व्रत, पूजा समय, महत्व जान्नुहोस्