काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०८० असार ११ गते सोमबार हो। सोमबार आषाढ शुक्लपक्षको अष्टमी तिथि हो।
असार ११ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। सोमबारको दिन भगवान महादेवलाई समर्पित हुन्छ। यसैकारण सोमबारको दिन शिवजीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। सोमबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
असार ११ गतेको पञ्चाङ्ग र राशिफल :-
दिन : सोमवार «•» तिथि : अष्टमी २१:५८ बजेसम्म, त्यसपछी नवमी «•» नक्षत्र : उत्तरफाल्गुनी ०९:४९ बजेसम्म, त्यसपछी हस्त «•» योग : वरियान् ०४:०७ बजेसम्म, त्यसपछी परिघ «•» करण : भद्रा ०९:२४ बजेसम्म, त्यसपछी वव २१:५८ बजेसम्म, त्यसपछी वालव «•» असार ११, २०८०, सोमवार «•» २६ जुन सन् २०२३ «•» अष्टमी, आषाढ शुक्लपक्ष «•» दिल्लाथ्व, ११४३ ने.सं. «•» सूर्योदय (sunrise) : – ५:११ «•» सूर्यास्त (sunset) : – १९:०१ «•» कार्यक्रमहरू : गोरखकाली पूजा, अष्टमीब्रत, विश्व लागूपदार्थ ओसार-पसार विरुद्धको दिवस «•» शुभ साइत : बिवाह गर्ने साइत, होम गर्ने साइत «•»
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मन अशान्त हुन् सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल राख्नुहोस्। आमाबुबाले तपाईलाई साथ दिनेछन्। व्यापारका लागि साथीभाईबाट आर्थिक सहयोग प्राप्त गर्नुहुनेछ। अनियोजित खर्चमा वृद्धि हुनेछ। साथीभाईको सहयोग पाउनुहुनेछ। कामको दायरा फराकिलो हुनेछ। क्रोध एवं आवेश बढ्नेछ। नकारात्मक सोचले प्रभाव पार्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सन्तानको तर्फबाट सुखद् समाचार पाउनुहुनेछ। जागिरको लागि अन्तर्वार्तामा सफलता मिल्नेछ। आय वृद्धि हुनेछ। लेखन लगायतका बौद्धिक कार्यको मान-सम्मान प्राप्त हुनेछ। धनार्जनका श्रोतहरु सिर्जना हुनेछन्। जागिरमा सरुवा हुन् सक्छ। प्रगतिको पर्याप्त अवसरहरु पाउनुहुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आत्मविश्वासमा कमी आउनेछ। मन पनि विचलित हुन् सक्छ। रहन-सहन अव्यवस्थित हुन् सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। मनमा असन्तुष्टिको क्षण रहनेछ। आत्मनिर्भर बन्नुहोस्। अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
आत्मविश्वासले भरिपूर्ण रहनु हुनेछ। व्यापारमा लाभको अवसर मिल्न सक्छ। थप दौडधुप हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। काममा प्रगतिको अवसर प्राप्त हुनेछ। कामको दायरा फराकिलो हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मनमा उतारचढाव आउनेछ। परिवारको सहयोग मिल्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। धर्मप्रति श्रद्धाभाव बढ्नेछ। काममा परिश्रम बढी पर्नेछ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। वाहन सुख प्राप्त हुनेछ। खर्चमा पनि बढ्नेछ। शैक्षिक एवं अध्ययन-अनुसन्धानका कार्यमा सुखद् परिणाम मिल्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मन प्रसन्न रहनेछ। तपाई आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। कारोबारमा सुधार हुनेछ। आयमा वृद्धि हुनेछ। मिष्ठान्न खानपानमा रुचि बढ्नेछ। स्वास्थ्यको ख्याल गर्नुहोस्। धार्मिक स्थलको यात्राको अवसर जुर्नेछ। नदी एवं जलाशयबाट टाढै रहनुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मनमा निराशा र असन्तुष्टि आउन सक्छ। परिवारकू साथ-सहयोग पाउनुहुनेछ। व्यापार-व्यवसायमा लगानी गर्न सक्नुहुन्छ। बुबाको साथ-सहयोग पाउनुहुनेछ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोस्। धैर्यताको कमी हुनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। अति उत्साही हुनबाट बच्नुहोस्। कुराकानीमा धैर्य राख्नुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
मानसिक शान्ति मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। पिताको स्वास्थ्यको ध्यान राख्नुहोस्। व्यापारमा लाभको अवसर मिल्नेछ। आफ्नो स्वास्थ्यको पनि विशेष ख्याल राख्नुहोस्। सन्तानबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। मनमा आनन्दको अनुभूति हुनेछ। धैर्यताको कमी हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आत्मविश्वास भरिपूर्ण रहनेछ। परिवारमा धार्मिक कार्य हुनसक्छ। थप दौडधुप हुनेछ। शैक्षिक वा अनुसन्धान कार्यमा व्यस्त रहनुहुनेछ। यात्रामा निस्कनुहुनेछ। आयमा कठिनाई आउन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मन प्रसन्न रहनेछ। कुराकानीमा होश पुर्याउनुहोस्। साथीभाइको सहयोगले व्यापार वृद्धि हुन् सक्छ। लाभका प्रशस्त अवसरहरु मिल्नेछन्। धैर्यता भने कमी आउनेछ। कुनै अज्ञात डरले सताउन सक्छ। सन्तान सुखमा वृद्धि हुनेछ। मानसिक दुविधा कायमै रहनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
आत्मविश्वास भरिपूर्ण रहनेछ, तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। बौद्धिक कार्यबाट धन आर्जन हुनेछ। महिला मित्रबाट धन प्राप्त हुनेछ। रहनसहन कष्टदायी हुनेछ। काममा कठिनाईको सामना गर्नुपर्नेछ। सवारी साधनको मर्मत-सम्भारमा खर्च बढ्न सक्छ। यात्राको अवसर मिल्न सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
वस्त्रप्रति झुकाव बढ्न सक्छ। व्यापारिक प्रयोजनको यात्राको योग छ। खर्चमा वृद्धि हुनेछ। दौडधूप धेरै हुनेछ। साथीभाइबाट धन प्राप्त हुनेछ। शैक्षिक अवस्थामा सुधार हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। अनावश्यक झमेलाबाट बच्नुहोस्। संयमित हुनुहोस्। कार्यस्थलमा कठिनाईको सामना गर्नुपर्नेछ।