असार १५ गतेसम्म ३ राशिमाथि मङ्गल रहनेछ भारी, सम्हालेर कटाउनुहोस् आउँदो ७ दिन

काठमाडौँ : – ज्योतिषशास्त्रमा मङ्गल ग्रहको विशेष स्थान छ। मङ्गल ग्रहलाई सबै ग्रहको सेनापति भनिन्छ। मङ्गल ग्रह शुभ हुँदा व्यक्तिको भाग्योदय हुन्छ भने मङ्गल अशुभ हुँदा व्यक्तिले धेरै खाले समस्याको सामना गर्नुपर्नेछ। यतिबेला मङ्गल ग्रह कर्कट राशिमा विराजमान छ। असार १५ गते (३० जुन) शुक्रबार मङ्गल ग्रह कर्कट राशिबाट सिंह राशिमा विराजमान हुनेछ। मङ्गल सिंह राशिमा प्रवेश गर्नुअघिसम्मको समय केही राशिका लागि भारी पर्न सक्छ। यी राशिका व्यक्तिहरुले सावधानी अपनाउनु पर्ने देखिन्छ। आउनुहोस् जानौँ, आगामी ८ दिन कुन राशिका व्यक्तिले सावधानी अपनाउनुपर्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ । काममा अधिकारीहरुसँग तालमेल रहनेछ तर कामको बोझ बढ्न सक्छ। फलस्वरूप, तपाईंले कडा मेहनत गर्नुपर्नेछ। जीवन अव्यवस्थित हुनेछ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। शैक्षिक कार्यमा पनि सचेत हुनुहोस्। सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन अशान्त रहनेछ। व्यापार व्यवसायमा पनि मेहनत बढी हुनेछ । तर स्वास्थ्यमा पनि सचेत हुनुहोस्। जीवन अस्तव्यस्त हुन सक्छ। धैर्य गर्ने प्रयास गर्नुहोस्। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मन विचलित हुन सक्छ। मनको शान्तिको लागि प्रयास गर्नुहोस्। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला । सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। कामको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। जीवन अव्यवस्थित हुनेछ।

प्रकाशित : शुक्रबार, असार ०८, २०८०१८:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिका मानिसलाई हुन्छ सबैभन्दा बढी पार्टी गर्ने सोख