काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०८० असार ८ गते शुक्रबार हो। शुक्रबार आषाढ शुक्लपक्ष पञ्चमी तिथि हो।
शुक्रबारको दिन माता लक्ष्मीलाई समर्पित हुन्छ। यसैकारण शुक्रबारको दिन माता लक्ष्मीको विधि-विधानपूर्वक पूजा-आराधना गरिन्छ। शुक्रबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
असार ८ गतेको पञ्चाङ्ग र राशिफल : –
दिन : शुक्रवार «» तिथि : पञ्चमी १७:१३ बजेसम्म, त्यसपछी षष्ठी «» नक्षत्र : मघा दिनरात, त्यसपछी मघा «» योग : वज्र ०३:२३ बजेसम्म, त्यसपछी सिद्धि «» करण : वालव १७:१३ बजेसम्म, त्यसपछी कौलव ०६:११ बजेसम्म, त्यसपछी कौलव «» असार ०८, २०८०, शुक्रवार «»२३ जुन सन् २०२३ «» पञ्चमी, आषाढ शुक्लपक्ष «» दिल्लाथ्व, ११४३ ने.सं. «» सूर्योदय (sunrise) : – ५:११ «» सूर्यास्त (sunset) : – १९:०१ «» शुभ साइत : – बिवाह गर्ने साइत «»
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईको लागि लाभदायी दिन छ। व्यापार र व्यवसायमा अपेक्षित सफलता मिल्न सक्ला। घरको सजावटमा नयाँपन रहनेछ। सामाजिक प्रसंगमा उपस्थित हुनुहुन्छ। रमणीय स्थानमा आनन्द लुट्न सक्नुहुन्छ। आय वृद्दि होला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
नयाँ योजना र विचारधाराको नवीनताबाट व्यापार प्रगतिको दिशामा अग्रसर होला। कार्य सफलता मिल्न ढिलाई हुन सक्छ। पद्दोन्नति हुन सक्छ। मध्यान्नपछि व्यापारको अनुकुल वातावरण सिर्जना होला। पिता ठुला व्यक्तिको आशिर्वाद प्राप्त गर्नुहुन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
खानपिनमा विशेष ध्यान दिनुहोला। नकारात्मक विचारलाई मनबाट निकाल्नुहोला। अनैतिक र अप्रमाणिक कार्यले विपत्तिमा पुर्याउन सक्छ। मध्यान्नपछि मानसिक अवस्थामा कमी आउनेछ। लेखन वा साहित्यिक प्रवृत्तिमा रुची रहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कसैसँग भावनात्मक सम्बन्ध बाध्न सक्नुहुन्छ र त्यस सम्बन्धमा केहि अधिक भावुक बन्नुहुनेछ। मध्यान्नपछि स्वास्थ्य बिग्रिन सक्ला। उग्र बोली नगरेको नै उत्तम साबित हुन्छ। नयाँ कार्य प्रारम्भको लागि शुभ दिन छैन।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
व्यापार विस्तारको लागि पैसाको व्यवस्थापन गर्नको लागि अनुकुल दिन छ। व्यवसायिक लाभ होला। धनप्राप्तिको प्रबल योग छ। आर्थिक रूपले आम्दानी वृद्दि हुँदा आर्थिक कष्ट टाढा हुनेछ। राम्रो कपडा र खानपिनले मन प्रफुल्लित रहनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कपडा खरिद गर्दा आनन्द र रोमाञ्चक महसुस गर्नुहुन्छ। कलाप्रति अभिरुचि विशेष रहनेछ। व्यापार विकास हुँदा आनन्द छाईरहनेछ। व्यवसायमा समय अनुकुल छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तपाईको लागि दिन शुभ फलदायी छ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। परिवारमा झगडा नहोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि स्वस्थ अनुभव गर्नुहुन्छ। विद्यार्थीको लागि समय अनुकुल छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
तपाईको दिन व्यवसायको लागि अनुकुल छ। घरायसी जीवन आनन्दमय रहला। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहला। शारीरिक र मानसिक रुपले निराश अनुभव होला। परिवारसँग मतभेद खडा होला। धन हानिको योग छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
बोली र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागिरहनेछ। मध्यान्नपछि चिन्ता कम हुँदा मानसिक शान्ति अनुभव होला। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यवसायिक क्षेत्रमा अनुकूल वातावरण रहनेछ। प्रत्येक कार्य बिना विध्न नै सम्पन्न होला। घरायसी जीवनमा उग्र वातावरण बनिरहनेछ। आध्यात्मिक प्रवृत्तिमा अभिरुचि रहनेछ। मध्यान्नपछि नकारात्मक विचारले आक्रमण गर्दा मनमा निराशाको बादल छाईरहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
धर्मकर्ममा रुचि बढ्नेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च गर्नुहुन्छ। अदालती कार्यमा सफलता प्राप्त हुनेछ। ईश्वरको आराधनाले मनलाई शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि प्रत्येक काम सरलतापुर्वक सम्पन्न हुनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
व्यवसायिक क्षेत्रमा लाभ होला। पारिवारिक जीवनमा सुख-शान्ति छाईरहनेछ। धार्मिक कार्यमा खर्च हुन सक्ला।मध्यान्नपछि कुनै कारणवश मानसिक रुपले चिन्तित रहनुहुन्छ। परिवारमा शान्तमय वातावरण रहनेछ।