साप्ताहिक राशिफल: असार महिनाको पहिलो साता कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्त्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशिलाई शुभ-अशुभ प्रभाव पार्छ। ग्रहहरूको चलनका कारण कतिपय राशिले शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छ । साप्ताहिक राशिफलको गणना ग्रहहरूको चालबाट गरिन्छ। असोज ९ गते देखि १५ गतेसम्म यो साता केही राशिका लागि धेरै शुभ रहने छ, त्यसैले केही राशिका व्यक्तिहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ। हेर्नुहोस् यस साताको राशिफल…..

मेष राशि

मेष राशिको लागि यस साता शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ । शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ।

वृष राशि

मन प्रसन्न रहनेछ तर आत्मविश्वासको कमी हुनेछ। पारिवारिक जीवन कष्टकर हुन सक्छ। बुवाको सहयोग मिल्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिको लागि यस साता  मनमा नकारात्मक विचारको प्रभाव पनि पर्न सक्छ। संयमित हुन प्रयास गर्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। शैक्षिक कार्यमा सफलता मिल्नेछ।

कर्कट राशि

धैर्य गर्नुहोस्। अनावश्यक क्रोध, झगडा आदिबाट टाढा रहनुहोस्। स्वास्थ्यमा पनि सचेत हुनुहोस्। काममा अधिकारीको सहयोग मिल्नेछ। थप दौडधुप हुनेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ।

सिंह राशि

पुरानो साथीसँग फेरि सम्पर्क गर्न सकिनेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। रमाइलो लामो दुरीको यात्रा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। अचानक  धन लाभ हुनेछ।

कन्या राशि

मन शान्त रहनेछ तर आत्मविश्वासमा कमी आउन सक्छ। आम्दानीको कमी र उच्च खर्चको स्थितिले सताउन सक्छ। साथीभाइको सहयोगले आम्दानीको स्रोत बन्न सक्छ।

तुला राशि

मन खिन्न हुन सक्छ। आत्म संयमित हुनुहोस्। परिवारसँग धार्मिक यात्राको योजना बन्न सक्छ। साथीभाइको सहयोग पनि मिल्नेछ । थप दौडधुप हुनेछ। कामको चाप पनि बढी हुनेछ ।

वृश्चिक राशि

मनमा उतारचढाव रहनेछ। मन प्रफुल्लित रहनेछ तर धैर्य गर्ने प्रयास गर्नुहोस्। काममा उन्नतिको अवसर मिल्न सक्छ । सरकारी कममा सहकार्य पनि हुनसक्छ । माताको सहयोग मिल्नेछ ।

धनु  राशि

साताको प्रारम्भमा बोलीमा मिठास आउनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। शैक्षिक कार्यमा सफलता मिल्नेछ । बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। लामो दुरीको यात्राको सम्भावना  राहेको छ। यात्रा लाभदायक  हुनेछ।

मकर राशि

मनमा आशा र निराशाको भावना आउन सक्छ। मनमा नकारात्मक विचार आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। काममा कामको बोझ बढ्न सक्छ।

कुम्भ राशि

मन खिन्न रहनेछ। आत्म संयमित हुनुहोस्। कार्य क्षेत्रमा परिवारको सहयोग मिल्नेछ । व्यापारमा सुधार आउनेछ । लाभको अवसर मिल्नेछ। जागिरमा परिवर्तनको सम्भावना छ।

मीन राशि

साताको प्रारम्भमा मन प्रसन्न रहनेछ तर कुराकानीमा संयमित रहनुहोस्। धैर्य गर्ने प्रयास गर्नुहोस्। शैक्षिक कार्यमा ध्यान दिनु पर्ने देखिन्छ। थप दौडधुप हुनेछ।  स्वास्थ्यमा क्रमशः सुधार हुनेछ।

प्रकाशित : आइतबार, असार ०३, २०८०११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रह चक्रमा अत्यन्तै शुभ मानिने ‘बुद्धादित्य राजयोग’ बन्दै, यी ३ राशिको चम्किनेछ भाग्य !