वैदिक ज्योतिषमा शुक्र ग्रहलाई वैभव, धन, विलास, भौतिक सुख र ऐश्वर्यको दाता मानिन्छ। त्यसैले जहिले शुक्रको गोचर हुन्छ यी क्षेत्रहरूसँगै यसको प्रभाव सबै राशिहरूमा देखिन्छ।शुक्र ग्रह ७ जुलाईमा सिंह राशिमा प्रवेश गर्दैछ। जसका कारण ३ राशिका व्यक्तिहरूलाई आकस्मिक धन लाभ र उन्नतिको योग बनिरहेको छ। जानौँ यी कुन-कुन राशिका छन्…
तुला राशि
शुक्रको राशि परिवर्तन तुला राशिको लागि लाभदायक साबित हुन सक्छ। यस समयमा आम्दानीमा ठुलो वृद्धि हुन सक्छ। यसका साथसाथै आम्दानीका नयाँ साधनहरू सिर्जना हुन सक्छन्। साथै, यदि कुनै नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने, यस समयमा गर्न सक्नुहुन्छ। भाग्यको पूर्ण साथ मिल्नेछ। विपक्षीहरू परास्त हुनेछन्। आर्थिक मामिलामा लाभ मिल्नेछ।
वृष राशि
वृष राशिका लागि शुक्रको गोचर अनुकूल साबित हुन सक्छ। यस अवधिमा सवारी साधन तथा सम्पत्ति प्राप्त गर्न सकिनेछ। यसका साथै शारीरिक सुख पनि प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र परिवारका साथ कतै जाने योजना बन्न सक्छ। कामदारहरूले कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्छन्। घरजग्गाको व्यापार गर्नेहरूले यस समयमा राम्रो लाभ लिन सक्नेछन्।
कुम्भ राशि
कुम्भ राशिको लागि सिंह राशिमा शुक्रको प्रवेश वैवाहिक र साझेदारीको हिसाबले राम्रो साबित हुन सक्छ। किनकि यो गोचर कुम्भ राशिको सातौँ घरमा हुन लागेको छ। त्यसैले यस अवधिमा दाम्पत्य जीवनमा मधुरता रहनेछ। साथै साझेदारीका काममा पनि लाभ मिल्नेछ। त्यस्तै प्रेम जीवनमा आपसी समझदारी बढ्नेछ।