काठमाडौँ : – वैदिक ज्योतिषशास्त्रका अनुसार ग्रहहरूले निश्चित अन्तरालमा गोचर गरी शुभ र अशुभ योगको निर्माण गर्छन्, जसको प्रभाव मानव जीवन र पृथ्वीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्छ। यससँगै केही यस्ता ग्रहहरूले यस्ता दुर्लभ योगहरू बनाउँछन्, जुन वर्षौंपछि बन्छन्।
ग्रहहरूले केदार योग बनाइरहेका छन्। जन्मकुण्डलीको ४ भावमा ७ ग्रह बस्दा यो योग बन्छ। त्यसैले यो योगको प्रभाव सबै राशिमा देखिनेछ। तर यस अवधिमा ३ वटा राशि छन् जसलाई आकस्मिक आर्थिक लाभ र सौभाग्यको सम्भावना रहेको छ। जानौं यी भाग्यशाली राशिका बारेमा…
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका लागि महाकेदार राजयोगको निर्माण शुभ र फलदायी साबित हुन सक्छ। किनकी यो योग तपाईको राशिबाट लग्न भावमा नै बन्दैछ। गुरु, चन्द्र र राहुको योग बन्दैछ्ह। तर शनिको तेस्रो दृष्टि पनि पर्नेछ। त्यसैले यस समय मानसिक तनावको स्थिति बन्न सक्छ। तर धनलाभ भने भईरहनेछ। कतैबाट आकस्मिक धनलाभ प्राप्त हुनेछ।
तपाईको राशिबाट दोस्रो भावमा सूर्य र बुध मिली बुधादित्य राजयोग पनि बनाएको छ। त्यसैले यस समयमा तपाईको वाणीमा प्रभाव देखिनेछ। जसका कारण मानिसहरु तपाईबाट प्रभावित हुनेछन् । योसँगै चौथो घरमा शुक्र र मंगलको केन्द्र त्रिकोण राजयोग पनि बनिरहेको छ। त्यसैले यस समयमा सवारी साधन र सम्पत्ति प्राप्त गर्न सकिनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
तपाईको लागि महाकेदार राजयोग अनुकूल सिद्ध हुन् सक्छ। किनकी तपाई गोचर कुण्डलीमा केन्द्र त्रिकोण, गजकेसरी र बुधादित्य राजयोग ११ औँ भावमा बनिरहेको छ। तसर्थ, यस समयमा तपाईले सम्पत्तिको लेनदेनबाट लाभ उठाउन सक्नुहुन्छ।
यसका साथै राजनीतिमा लागेकाले केही पद पाउन सक्छन् । भरपूर मान – सम्मान प्राप्त हुनेछः। फिल्म लाइन, रियल स्टेटसँग सम्बन्धित काम गर्नेहरूका लागि यो समय राम्रो साबित हुन सक्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका व्यक्तिहरूका लागि महाकेदार राजयोग निकै शुभ साबित हुन सक्छ। यस समयमा तपाईको सुख सुविधा बढ्नेछ। विलासिताका सामान किन्न सकिनेछ। लामो यात्राको अवसर जुर्न सक्छ। यसका साथसाथै व्यापारमा संलग्न व्यक्तिहरूले राम्रो प्रदर्शन गर्नेछन्, जसका कारण आर्थिक अवस्था सुदृढ हुनेछ र सम्मान पनि बढ्नेछ।
यो समयमा रोजगारी भएका व्यक्तिको पदोन्नति र वृद्धिको सम्भावना छ। यसका साथसाथै भाग्यको सहयोगले रोकिएका काम पुरा हुनेछन् र सरकारी योजनाबाट पनि राम्रो लाभ मिल्नेछ ।