यस साता कस्तो रहला दिन, हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष राशि 

यस साता पारिवारिक जिम्मेवारी बढ्न सक्छ। काममा प्रगति हुने सम्भावना छ। आम्दानी बढ्नेछ, कपडा आदिमा खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा बाधा आउनेछ, सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। आम्दानीका श्रोतमा बाधा रहनेछ, खर्च बढ्नेछ । काममा उच्च अधिकारीको सहयोग मिल्नेछ, उन्नतिको मार्ग प्रशस्त हुनेछ।

वृष राशि 

यस साता बोलीमा कठोरताको भाव रहनेछ, जम्मा भएको धनमा कमी आउन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिको सुखद नतिजा प्राप्त हुनेछ। परिवारमा धार्मिक संगीतको कार्यक्रम हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। काममा अधिकारीको सहयोग मिल्नेछ । उन्नतिको बाटो प्रशस्त हुनेछ, तर अर्को ठाउँमा जानु पर्न सक्छ। आम्दानी बढ्नेछ ।

मिथुन राशि 

यस सता अचल सम्पत्तिबाट आम्दानी बढ्नेछ, आमाबाट धन प्राप्त हुनेछ। कला संगीत तर्फ झुकाव बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ, स्थान परिवर्तनको पनि सम्भावना छ । कार्यक्षेत्रमा मिहिनेत बढ्नेछ, आम्दानी बढ्नेछ । सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ, धार्मिक कार्यमा खर्च बढ्न सक्छ। सम्पत्तिबाट आम्दानीका श्रोतहरु फेला पर्नेछ ।

कर्कट राशि 

यस साता परिवारमा सुख शान्ति छाउनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना सृजना भइरहेको छ, इच्छाविपरीत केही नयाँ कार्यको जिम्मेवारी पाउन सकिनेछ। कार्यस्थलमा मिहिनेत बढ्नेछ, सन्तानको पीडा हुनेछ। जागिरमा परिवर्तनको सम्भावना छ, अर्को ठाउँमा सर्नु पर्न सक्छ। कार्यक्षेत्रमा पनि परिवर्तनको सम्भावना छ, खर्च बढ्नेछ।

सिंह राशि 

यस साता सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । शैक्षिक तथा बौद्धिक कार्यबाट कीर्ति सम्मान बढ्नेछ । परिवारमा सुख शान्ति छाउनेछ, वाहन सुखमा वृद्धि हुनेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। भौतिक सुखको विस्तार हुनेछ, सन्तानको जिम्मेवारी पूरा हुनेछ। राजनेतासँग भेटघाट होला, स्वास्थ्यप्रति सचेत रहनुहोला ।

कन्या राशि 

यस साता  आनन्दको अनुभूति हुनेछ, तर कुराकानीमा संयमित रहनुहोस्, अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ, अनुसन्धान आदिका लागि अन्य ठाउँमा जानु पर्नेछ। नोकरीमा अधिकारीको सहयोग मिल्नेछ, स्थान परिवर्तन हुनसक्छ। इच्छाविपरीत कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिनेछ, बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ ।

तुला राशि

यस साता काममा उत्साह र उमङ्ग रहनेछ। नोकरी र कार्यक्षेत्रमा विस्तार हुनसक्छ । स्थानान्तरणको सम्भावना पनि छ । अधिकारीको सहयोग रहनेछ, कार्यस्थलमा मिहिनेत बढ्नेछ। धार्मिक स्थलमा सत्संग आदि कार्यक्रममा जान सकिनेछ । साथीभाइको सहयोग मिल्नेछ, आमाको स्वास्थ्यमा समस्या आउन सक्छ।

वृश्चिक राशि

यस साता अभिभावकको सहयोग मिल्नेछ । कपडा आदिप्रति झुकाव बढ्नेछ, जम्मा भएको धनमा कमी आउन सक्छ। पढाइमा रुचि बढ्नेछ । शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ, सन्तानको सुखमा वृद्धि हुनेछ। आम्दानीमा कमी र खर्च बढ्ने अवस्था आउन सक्छ। जीवन कष्टदायी हुन सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ, कपडा उपहार स्वरूप प्राप्त हुनेछ ।

धनु  राशि

यस साता सन्तान सुखमा वृद्धि हुनेछ, क्रोधको चापबाट बच्नुहोला। उच्च शिक्षा र अनुसन्धान आदिका लागि विदेश जाने सम्भावना छ । कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ । स्थानान्तरण पनि सम्भव छ। जीवनसाथीको सहयोग मिल्नेछ, दाजुभाइसँग वैचारिक मतभेद हुन सक्छ। जागिरमा स्थानान्तरणको सम्भावना पनि छ ।

मकर राशि 

यस साता मनमा निराशाको भावना आउन सक्छ। माताको सहयोग मिल्नेछ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। लुगा तथा गरगहनाप्रति झुकाव रहनेछ। स्वास्थ्यमा सजग रहनुहोस्, पुरानो साथीसँग भेटघाट हुनसक्छ। मिष्ठान्न खानेकुरामा रुचि बढ्नेछ, पुरानो साथीसँग भेटघाट हुनेछ। परिवारसँग यात्रामा जान सकिनेछ।

कुम्भ राशि 

मानसिक शान्ति मिल्नेछ, आत्मविश्वासमा बृद्धि हुनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ, साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्ने। खर्च बढ्नेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ, उन्नतिको मार्ग प्रशस्त हुनेछ।

मीन राशि 

यस साता परिवारमा सुख-शान्ति छाउनेछ, शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारमा महिलाबाट धन प्राप्तिको सम्भावना छ, दाजुभाइसँग मनमुटाव हुन सक्छ। कुराकानीमा संयमित रहनुहोस्, बोलीमा कठोरता रहनेछ। खर्च बढ्न सक्छ। विशेष कामको लागि लामो समय टाढाको ठाउँमा जान सकिन्छ। यात्रा लाभदायक हुनेछ।

प्रकाशित : सोमबार, जेठ २९, २०८०१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिको राशिफल: भोलि जेठ ३० गते मंगलबार शुभ-अशुभ कस्तो हुनेछ दिन, हेर्नुहोस् राशिफल !