असार महिनाको राशिफल : ४ राशिलाई हुनेछ चौतर्फी धन-लाभ, २ राशिलाई हरेक काममा आइपर्नेछन् बाधाअड्चन

२०८० साल असार महिनाको राशिफल : –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

कार्यव्यस्तता बढेर जाला। अनावश्यक खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको अनुभव गराउने छ। लेनदेन तथा ठूला कारोबारमा सतर्कता अपनाउनुपर्ला। साथीभाइसँग अनावश्यक विषयलाई लिएर सामान्य विवादमा पार्न सक्नेछ। पठनपाठनमा अनावश्यक बाधा अड्चन आइपर्नेछन्। भ्रमण एवं विलासिताका विषयमा खर्च हुने देखिएको छ। महिनाको उत्तरार्धमा प्रेम एवं मनोरञ्जनका अवसर मिल्नेछन्। पूर्वार्धमा काममा अनावश्यक अवरोध आइपर्नुका साथै व्यर्थको विवादमा समेत पार्ने योग छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

काममा सामान्य बाधाअड्चन आइपर्नेछन्। कार्यव्यस्तता बढेर जाने छ। शारीरिक परिश्रम केही बढी नै पर्न जाला। घरायसी विषयलाई लिएर दम्पतीमा सामान्य मतभेद आउनेछ। बोलीवचनमा विशेष होसियारी अपनाउनुपर्नेछ। पठनपाठनमा केही बाधाअड्चन आइपर्नेछन्। धार्मिक एवं माङ्गलिक काममा सहभागी हुनुपर्ने योग छ। महिनाको उत्तरार्धमा आफन्त एवं इष्टमित्रसँगको भेटघाटले मन रमाउने छ। आर्थिक पक्ष मध्यम फलदायी रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

खर्चको मात्रा बढेर जाला । अनावश्यक दौडधुप केही बढी नै पर्नेछ । शारीरिक परिश्रमका साथै मानसिक तापसमेत बढ्ने देखिन्छ। सामान्य चोटपटकको सम्भावना देखिएकाले सवारी चलाउँदा होसियारी अपनाउनुपर्ला। सन्तान एवं पारिवारको चिन्ता बढ्नुका साथै घरायसी समस्या थपिने देखिन्छ । पठनपाठनमा अभिरुचि बढेर जाने छ । मनोरञ्जन एवं नवीन प्रेम सम्बन्ध गाँसिने सम्भावना रहेको छ। आफन्त एवं इष्टमित्रको सहयोगले महìवपूर्ण काम बन्ने छ। महिनाको उत्तरार्धमा मनले आँटे ताकेका काम बन्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मनले आँटे ताकेका योजनाले मूर्त रूप प्राप्त गर्ने छन्। मनोबल उच्च रहनुका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। प्रतिस्पर्धामा सफलता मिल्नुका साथै मानसम्मानसमेत मिल्ने योग छ। आर्थिक पक्ष अनुकूल रहने छ। विवादमा वियश्री मिल्नेछ। महिनाको उत्तरार्धमा सामान्य अस्वस्थताका साथै मानसिक दुविधासमेत बढ्ने देखिन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यक्षमतामा उल्लेख्य प्रगति भएर जानेछ। कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जानेछ। काममा आइपरेका बाधाअड्चन अन्त्यतिर क्रमशः हटेर जानेछन्। मनोबल उच्च रहनाले कार्यक्षमतामा समेत वृद्धि भएर जानेछ। आर्थिक पक्षका कामबाट राम्रै धनागम हुने योग छ। प्रेम एवं मनोरञ्जनका अवसर प्राप्त हुनेछन्। अध्ययन अध्यापनमा गहिरो अभिरुचि बढेर जानेछ। धार्मिक एवं सामाजिक काममा समेत मन लाग्ने देखिन्छ। महिनाको पूर्वार्धमा सामान्य बाधा अड्चन आइपरे पनि उत्तरार्धमा सफलताका साथै हर्ष आनन्दका अवसर प्राप्त हुने छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कार्यव्यस्तता बढेर जानेछ। शारीरिक आलस्यताका साथै मानसिक अस्थिरतासमेत बढेर जाने देखिन्छ। घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक सङ्कट पर्न जाने देखिन्छ। सामान्य अस्वस्थताको सम्भावना छ। खराब मानिसको सङ्गतबाट जोगिनुपर्ने देखिन्छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । महिनाको सुरुमा आएका विघ्नबाधा उत्तरार्धमा क्रमशः हटेर जानेछन् । आर्थिक पक्षका काममा समेत क्रमशः सुधार हुँदै जाने ग्रहयोग छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आकस्मिक यात्राको सम्भावना रहेको छ। काममा आएका बाधाअड्चन क्रमशः हटेर जानेछन्। स्वास्थ्यमा पनि क्रमशः सुधारको योग छ। पारिवारिक मेलमिलाप तथा समझदारीको सम्भावना कमै देखिन्छ। कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ । रमाइलो पारिवारिक भेटघाटको सम्भावना छ। महिनाको पूर्वार्धमा आइपरेका समस्याको समाधान उत्तरार्धतिर गएर निस्कने देखिन्छ। सामाजिक मानप्रतिष्ठा बढेर जाला। आर्थिक पक्षमा मध्यम सफलता मिल्नेछ। महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्नेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्यव्यस्तता बढेर जानेछ । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नेछन्। शारीरिक आरोग्यता अनुकूल रहने छ। घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखापर्ला। केही पारिवारिक समस्याले दिक्क पार्ने देखिन्छ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्ला। बोलीको दोष लाग्न सक्ने देखिएकाले विचार पु¥याउनुपर्नेछ। व्यापारिक वर्गका लागि समय राम्रो छ। महिनाको अन्त्यतिर पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । रोकिएका क्रमशः बन्दै जालान्। प्रतिस्पर्धामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधारको योग छ। पठनपाठनमा अभिरुचि बढेर जाला। आर्थिक पक्षका काममा राम्रो सफलता मिल्नेछ। पारिवारिक तथा आफन्तसँगको सम्बन्ध राम्रो रहनेछ। मनोरञ्जन तथा रमाइलो भ्रमणको अवसर मिल्नेछ। धार्मिक एवं सामाजिक कार्यमा मन लाग्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मानसिक अस्थिरता एवं दुविधा बढेर जाला। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन देखापर्नेछन् । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्नेछ। सन्तान तथा परिवारको चिन्ताले सताउला। घरायसी विषयलाई लिएर परिवारमा असमझदारी आउनेछ। महिनाको उत्तरार्धमा आर्थिक लाभ गराउला । प्रेम तथा मनोरञ्जनका अवसर मिल्नेछन्। मित्र मिलनको अवसर जुट्नुका साथै पारिवारिक भेटघाटले मन रमाउने छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला। मानसिक दुविधा केही बढेर जानेछ। आँटेको काममा अनावश्यक बाधाअड्चन देखापर्नेछन्। आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ। पठनपाठनमा मध्यम सफलताको योग छ । मनोरञ्जन एवं रमाइलो भ्रमणको अवसर मिल्नेछ। महिनाको उत्तरार्धमा आर्थिक क्षेत्रका काममा राम्रै सफलता मिल्नेछ। रमाइलो पारिवारिक वातावरणका साथै हर्ष आनन्दको अवसर समेत मिल्ने देखिन्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ। रोकिएका काम बन्दै जाने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत बढेर जाला। सामाजिक कामबाट मानप्रतिष्ठा मिल्नेछ। आँखासम्बन्धी सामान्य समस्या देखापर्नेछ। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्न सक्छ। पठनपाठनमा अभिरुचि बढेर जानेछ। रमाइलो ठाउँको भ्रमणको अवसर मिल्नेछ। आर्थिक क्षेत्रका कामबाट राम्रै सफलता मिल्नेछ। बोलीको प्रभावले महìवपूर्ण काम बन्ने देखिन्छ।

प्रकाशित : शनिबार, जेठ २७, २०८०११:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ २८ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ-अशुभ कस्तो रहला ?