काठमाडौँ : – ज्योतिष शास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। ग्रहहरुको राशि परिवर्तनले सबै राशिहरुमा शुभ – अशुभ प्रभाव पार्छ। कतिपय राशिलाई शुभ फल प्राप्त हुन्छ भने कतिपयलाई अशुभ फल प्राप्त हुन्छ। असार १ गते शुक्रबार सूर्यदेवले राशि परिवर्तन गर्दैछ। यस दिन सूर्यदेव वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। सूर्यदेव मिथुन राशिमा प्रवेश गरेसँगै केही राशिका शुभ दिन सुरु हुनेछ। आउनुहोस्, जानौँ असार १ गतेबाट कुन-कुन राशिका सुखद् दिन सुरु हुनेछ त….
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आर्थिक पक्ष बलियो रहनेछ । वादविवादबाट टाढा रहने समय छ । सफलता प्राप्त गर्नको लागि थप मिहिनेत आवश्यक छ। पारिवारिक जीवनमा समस्या आउन सक्छ। नयाँ घर वा सवारी किन्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । जीवनसाथीसँग समय बिताउने अवसर मिल्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
यो समय शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिका लागि वरदानभन्दा कम हुनेछैन। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्। जीवनसाथीको सहयोग मिल्नेछ। सिंह राशिका व्यक्तिहरूलाई करियरमा लाभ मिल्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यस समयावधिमा तपाई आफ्ना शत्रुहरुमाथि हाबी हुनुहुनेछ। मानसिक शान्तिको अनुभव गर्नुहुनेछ। स्वास्थ्यसम्बन्धी समस्याको सामना गर्नुपर्नेछ। कार्यस्थलमा समस्याको सामना गर्नुपर्नेछ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले सफलताको लागि कडा परिश्रम गर्नुपर्नेछ। दाम्पत्य जीवनमा समस्या आउन सक्छ।