आज जेठ २४ गते बुधबार चतुर्थी तिथी हो । हिन्दू शास्त्र अनुसार दुई पक्षको चतुर्थी तिथी गणेशलाई समर्पित छ। यस दिन गणेशजीको विधि–विधान अनुसार पूजा–आराधना गरी व्रत आदि राखेमा भक्तजनका सम्पूर्ण काम सम्पन्न हुन्छन्। आषाढ महिनाको कृष्ण पक्षको चतुर्थी तिथीलाई कृष्णपीडगल भनिन्छ। यस दिन भगवान गणेशको पूजा आराधना गरी व्रत बस्ने परचालन छ।
गणेशको पूजा–आराधना गरी भगवान गणेशको नममा जप गर्नाले व्यक्तिका सबै काम सहज रूपमा सम्पन्न भई सबै काममा सफलता मिल्ने धार्मिक विश्वास छ। यति मात्र होइन यो व्रतले आय, सुख र सौभाग्य बढ्छ।
आज कृष्णपिद्गल चतुर्थीको दिन निकै विशेष छ। बुधबार भएकाले यस दिन गणपतिको आशीर्वाद प्राप्त गर्ने विशेष अवसर रहेको छ। यदि गणेशको आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ भने यस दिन भगवान गणेशको पूजा गरेपछि गणेशको विशेष मन्त्रको जप गर्नुहोस्।