व्यापारका दाता बुध देव अस्त हुँदै, ३ राशिलाई बन्दैछ धन हानिको योग !

ज्योतिषशास्त्रमा बुधलाई अर्थ, व्यापार, वाणी, सञ्चार, गणित र तर्कशक्तिको कारक मानिन्छ। जब बुध ग्रहको चालमा परिवर्तन हुन्छ। यस क्षेत्रसँग सम्बन्धित सबै राशि प्रभावित हुन्छन्। जुन २१ मा बुध ग्रह अस्त हुन् लागेको लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यस्ता ३ राशि छन्, जसले यस समयमा ध्यान दिनुपर्छ।

मेष राशि

मेष राशिका लागि बुध ग्रहको अस्त हानिकारक साबित हुन सक्छ। त्यसैले यस अवधिमा तपाईंले आफ्नो काममा पूर्ण ध्यान दिनु पर्ने हुन्छ। यस समयमा फाइदा हुने सम्भावना कम रहन्छ। खर्चमा पनि उल्लेखनीय वृद्धि गर्न सक्छ। बोलीमा संयम राख्नु पर्छ। नत्र कसैसँग वादविवाद हुन सक्छ। यस समयमा कसैलाई पैसा उधार दिनु हुँदैन।

सिंह राशि

बुध ग्रह अस्त हुनु सिंह राशिको लागि प्रतिकूल साबित हुन सक्छ। किनभने बुध ग्रह यस राशिको दशौं घरमा बस्नेछ। त्यसैले यस समयमा कुनै पनि ठूलो निर्णय लिनबाट जोगिनुस् । अन्यथा धेरै समस्याको सामना गर्नु पर्नेछ । यस अवधिमा काम गर्नेहरूले गरेको कामको प्रशंसा पाउन सक्ने छैनन्। साथै यस समयमा नयाँ काम गर्नबाट जोगिनुपर्छ। यसका साथै आफ्नो स्वास्थ्यको पनि केही ख्याल गर्नुपर्छ।

मिथुन राशि

मिथुन राशिका लागि बुध ग्रहको अस्त हानिकारक साबित हुन सक्छ। किनभने बुध ग्रह यस राशिको १२ औं घरमा बस्नेछ। त्यसैले यस समयमा अदालती मुद्दाहरूमा हार पाउन सक्नुहुन्छ। साथै यो समयमा खर्च बढ्न सक्छ। जसका कारण आर्थिक स्थिति बिग्रन सक्छ। झूटा आरोपहरू पनि लाग्न सक्छन। व्यापारमा कम लाभको सम्भावना छ।

प्रकाशित : मङ्गलबार, जेठ २३, २०८०११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस महिनाको अन्त्यसम्म यी र राशिमा हुनेछ शनि-शुक्रको कृपा दृष्टि, कुन-कुन राशि ?