कर्कट राशिमा मंगल-शुक्रको युती, यी ३ राशिलाई हुनेछ अशुभ प्रभाव !

ज्योतिषशास्त्रमा मंगललाई ग्रहहरूको सेनापति भनिन्छ। मंगल ग्रहलाई साहस, बहादुरी र ऊर्जा आदिको कारक मानिन्छ भने शुक्रलाई सुख, धन, वैभव र ऐश्वर्य आदि प्रदान गर्ने कारक मानिन्छ। मंगल ग्रहले मे १० बिहान १:४४ बजे कर्कट राशिमा प्रवेश गरेको छ र जुलाई १ सम्म यस राशिमा रहनेछ।

त्यस्तै शुक्र ३० मे साँझ ७:३९ मा प्रवेश गरेको छ र जुलाई ७ सम्म कर्कट राशिमा प्रवेश गर्नेछ। यसको अर्थ मे ३० देखि जुलाई १ सम्म कर्कट राशिमा मंगल र शुक्रको संयोग हुनेछ। कर्कट राशिमा मंगल-शुक्रको संयोगले धेरै राशिका मानिसहरूका लागि समस्याको निम्त्याउने सक्छ। यी राशिको बारेमा जान्नुहोस्-

कर्कट राशि 

कर्कट राशिमा मंगल-शुक्र संयोग कर्कट राशिको दसौँ घरमा बन्छ। यस्तो अवस्थामा शुक्र ग्रहको राशि परिवर्तनले कार्यस्थलमा प्रतिकूल असर पार्नेछ। सहकर्मीहरूसँगको सम्बन्धमा हुने सम्भावित हानिबाट बच्नको लागि कार्यालयको राजनीतिमा संलग्न हुनबाट जोगिन आवश्यक छ, जसले  जागिर वृद्धिमा बाधा पुर्‍याउन सक्छ। उच्च अधिकारीहरू सँग वादविवाद हुन् सक्छ। यस अवधिमा पदोन्नतिमा अवरोध आउन सक्छ।

धनु राशि 

शुक्रको गोचर धनु राशिको आठौँ घरमा कर्कटमा भइरहेको छ। मंगल र शुक्रको यो संयोगले तपाईको आर्थिक स्थितिमा बाधा पुर्‍याउने सम्भावना छ। परिवारका सदस्यहरूसँग विवाद हुने सम्भावना छ र पारिवारिक सम्बन्धमा तनाव बढ्ने सम्भावना छ। यो अवधिमा कुनै पनि प्रकारको लगानी नगर्न सल्लाह दिइन्छ, किनकि यसले नकारात्मक प्रभाव पार्न सक्छ।

कुम्भ राशि 

कर्कट राशिमा मंगल-शुक्र संयोग कुम्भ राशिको छैटौँ स्थानमा भइरहेको छ। यस अवधिमा कठिनाइहरूको सामना गर्नुपर्नेछ। जतिसुकै कडा परिश्रम गरे पनि अपेक्षित नतिजा प्राप्त नहुन सक्छ। सहकर्मीहरू तपाईंको विरुद्धमा हुन सक्छन् र षड्यन्त्र रच्न सक्छन्। प्रतिकूल परिस्थितिबाट बच्न आफ्नो काममा पूर्ण ध्यान दिनुहोस्। स्वास्थ्यका लागि समय अनुकूल छैन, सचेत रहनुहोला। अनावश्यक खर्च हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुहोस् ।

प्रकाशित : शुक्रबार, जेठ १९, २०८०१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ २० गते शनिबार, कस्तो हुनेछ दिन, हेर्नुहोस् राशिफल !