पर्सिबाट एकै राशिमा दुई ग्रहको मिलन हुँदै, यी ४ राशिको चम्किँदै भाग्य !

वैदिक ज्योतिषमा शुक्र ग्रहको विशेष महत्त्व छ। शुक्रको राशि परिवर्तन मे ३० तारिख साँझ ०७:३९ बजे हुनेछ। शुक्र कर्कट राशिमा प्रवेश गर्नेछ र जुलाई ०७ सम्म यो राशिमा रहनेछ। मंगल ग्रह पहिले नै कर्कटमा बसेको छ। कर्कट राशिमा मंगल र शुक्रको संयोग हुनेछ। मङ्गल र शुक्रको संयोगले धेरै राशिका मानिसहरूमा शुभ प्रभाव पार्नेछ। जान्नुहोस् कुन राशिका लागि मंगल-शुक्र संयोग लाभदायी साबित हुन्छ-

मेष राशि 

शुक्र–मंगलको योग मेष राशिका लागि लाभदायी साबित हुनेछ। यस अवधिमा तपाईको पारिवारिक जीवन सुखद रहनेछ। श्रमजीवीले उन्नति पाउन सक्छन्। आम्दानीमा वृद्धि हुने सम्भावना छ। पार्टनरको पूर्ण सहयोग मिल्नेछ।

मिथुन राशि  

शुक्र-मंगलको युतीले मिथुन राशिका लागि शुभ समय ल्याउन सक्छ। यस समयमा आर्थिक अवस्था बलियो हुनेछ। व्यापारीहरूले मनग्य लाभ उठाउन सक्छन्। कुनै पनि नयाँ कामको थालनी गर्नको लागि यो समय लाभदायी रहनेछ। समाजमा मान सम्मान बढ्नेछ।

कर्कट राशि 

कर्कट राशिका लागि दुई ग्रहको मिलन शुभ रहनेछ। यस अवधिमा परिवारसँग राम्रो समय बित्नेछ। कार्यस्थलमा तपाईको प्रशंसा हुनेछ। उच्च अधिकारीको सहयोग मिल्नेछ। कार्यशैलीमा सुधार आउनेछ।

मकर राशि 

शुक्र-मंगलको युतीले मकर राशिका मानिसहरूका लागि सुखद परिणाम ल्याउनेछ। जीवन साथीको पूर्ण सहयोग मिल्नेछ। कार्यस्थलमा नयाँ उपलब्धि मिल्नेछ। व्यापारीको व्यापारमा प्रगति हुन् सक्छ।

प्रकाशित : आइतबार, जेठ १४, २०८०१६:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ १५ गते सोमबार भगवान शिवको दिन: कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !