जेठ महिनाको तेस्रो साता कस्तो रहला दिनहरु, हेर्नुहोस् साप्ताहिक राशिफल !

हरेक दिन हुने ग्रह नक्षेत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। जेठ महिनाको तेस्रो साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ, हेर्नुहोस् साप्ताहिक राशिफल-

मेष राशि

यो साता काममा बाधा व्यवधान आउन सक्नेछ। आर्थिक पक्ष मध्यम रहला। राजनीतिक क्षेत्रमा दौडधुपको साता बन्न जाला। स्वास्थ्यमा निकै विचार गर्नु पर्नेछ। आफन्त परिजनमा केहि बाधा र अप्ठ्यारा पक्ष रहन सक्नेछन्। मनमा कौतुहलता र चिन्ता नहोला भन्न सकिन्न। बिद्या बुद्धि बढ्न सक्नेछ। खानपानमा निकै विचार पुर्याउनु पर्ने साता रहेको छ। यात्रा हजुरको लागि मध्यम छ।

वृष  राशि


साता निकै राम्रो रहेको छ। रोकिएको काम बन्न जाने छ। स्वास्थ्यमा लाभ मिल्ला। यात्रा हजुरको लागि मध्यम देखा परेको छ। डुबेको सम्पति फर्कन सक्नेछ। पारिवारिक सुख शान्ति मिल्ने साता देखिन्छ। लेनदेनमा निकै विचार पुर्याउनु पर्नेछ। नयाँ कामको थालनी होला। खेलाडीको लागि यो साता मध्यम छ। आर्थिक समृद्धि, उन्नति, प्रगति मिल्न जाने छ। दाजुभाई परिवारबिचको केहि बैमनस्यता र कटुताको साता बित्न जाला। कृषि क्षेत्र सामान्य छ।

मिथुन राशि


साता निकै राम्रो छ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्न जानेछन्। आफन्त परिजनको सहयोग प्राप्त होला। राजनीतिक क्षेत्र सामान्य छ। लेनदेनमा विचार पुर्याउनु होला। कतै हजुर आफुले गर्न खोज्नु भएको काममा भने साथ, सफलता, उन्नति, प्रगतिहरु मिल्न जाने देखिन्छ। कृषि क्षेत्र हजुरको लागि सामान्य देखिएको छ। नयाँ कार्यको थालनी हुन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि छाउला। व्यापार व्यवसायमा भने निकै लाभको साता देखिन्छ।

कर्कट राशि 


मनमा कतै तरङ्गहरु फैलिन सक्नेछन्। त्यसलाई हजुर आफुले कन्ट्रोल गर्नुपर्ने साता रहेको छ। रोग ब्यादमा केहि अप्ठयारा पक्षहरु रहलान्। बिद्या बुद्धि बढ्न जालान्। आफन्त परिजनको सहयोग प्राप्त रहन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि भने निकै राम्रो देखिन्छ। लेनदेनमा हजुरले विचार पुर्याउनु पर्नेछ। घर परिवारबाट पाउने सहयोग भरपुर रुपमा प्राप्त रहला। आर्थिक समृद्धि उन्नति प्रगति रहन सक्ने छ। कतै हजुर आफुले नयाँ कार्यको थालनी भने यो साता त्यति देखिदैन। शुभ कार्यमा सरिक हुने साता छ।

सिंह राशि 


सातामा बिद्या बुद्धि बढ्न जाने छ। खानपानमा निकै विचार पुर्याउनु पर्नेछ। आफन्त परिजनको सहयोग मध्यम रुपमा प्राप्त होला। लेनदेनमा भने निकै विचार पुर्याउनु पर्नेछ। घर परिवारबाट पाउने सहयोग भने हजुरको लागि मध्यम देखिन्छ। कतै हजुर आफुले सोच्नु भएको काममा बाधा अड्चन पर्न सक्नेछन्। यात्रा हजुरको लागि सहज रहला। नयाँ कार्यको थालनी हुन सक्नेछ। शुभ कार्यमा सरिक हुनुहुने देखिन्छ। मान-सम्मान, इज्जत प्रतिष्ठाहरु बढ्न जानेछन्।

कन्या राशि 


यो साता हजुरको लागि मध्यम देखिन्छ। पारिवारिक केहि तनाब र अप्ठ्यारो पक्ष रहला। मान-सम्मान, इज्जत प्रतिष्ठाहरु नबड्ला भन्न सकिन्न। खानपानमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। कृषि क्षेत्र हजुरको लागि धेरै राम्रो देखिन्छ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता मिल्ला। दाम्पत्य जीवन मध्यम छ। रोकिएको काम मिल्ला। आफन्त कुलकुटुम्बको सहयोग भने निकै राम्रो देखिएको छ। यात्रा हजुरको लागि मध्यम छ। जागिरे पक्षको लागि राम्रो देखिन्छ।

तुला राशि 


यो साता निकै राम्रो छ। रोकिएको काम बन्न जाला। दाजुभाई दिदीबहिनी बीचको सम्बन्ध राम्रो छ। मान-सम्मान, इज्जत प्रतिष्ठा मिल्न जानेछ। कृषि क्षेत्र निकै राम्रो छ। लेनदेनमा विचार पुर्याउनु पर्नेछ। स्वास्थ्यमा केहि अड्चनहरु नहोला भन्न सकिन्न। नयाँ सवारी साधनको योग रहला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

वृश्चिक राशि 


साता मध्यम रहेको छ। लेनदेनमा भने निकै विचार पुर्याउनु पर्ने देखिन्छ। स्वास्थ्यमा क्रमिक सुधार हुने स्थिति देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा मान-सम्मान, इज्जत प्रतिष्ठाहरु बढ्न जानेछन्। शुभ कार्यमा सरिक हुनुहुने साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धिको साता बन्न जानेछन्। दाजुभाई कुल्कुटुम्ब बीचको सम्बन्ध राम्रो देखिन्छ। घर परिवारबाट पाउने सहयोग भरपुर रुपमा प्राप्त हुने देखिन्छ। यात्रा हजुरको लागि सुखद रहला। व्यापार व्यवसायमा मध्यम छ।

धनु राशि 


साता निकै राम्रो छ। रोकिएको काम बन्ला। नयाँ साथी बन्न जानेछन्। अध्यात्म क्षेत्रमा लाग्ने साता रहेको छ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। खानपान र स्वास्थ्यमा भने निकै विचार पुर्याउनु पर्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि नहोला भन्न सकिन्न। कतै हजुर आफुले गर्न खोज्नुभएको काममा भने निकै राम्रो देखिन्छ। मान-सम्मान इज्जत प्रतिष्ठा बढ्न जानेछ। व्यापार व्यवसायमा मध्यम छ। यात्रा पनि सामान्य देखिएको छ। बुधबार, सोमबार र मंगलबार नयाँ कार्यको थालनी गर्नु भयो भने राम्रो देखिन्छ।

मकर राशि 


साता सामान्य छ। मनमा केहि बाधा र अप्ठयारा पक्षहरु नहोला भन्न सकिन्न। दाम्पत्य जीवनमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। कृषि क्षेत्रमा लाभ साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्न जानेछ। घरपरिवार बाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहला। कतै हजुर आफुले गर्न खोज्नुभएको काममा भने राम्रै योगहरु देखिन्छ। लेनदेनमा हजुरले निकै विचार पुर्याउनु पर्नेछ। नयाँ सवारी साधनको योग बन्न जानेछ। देश विदेशबाट खुशीको खबर सुन्न पाउनु हुनेछ।

कुम्भ राशि 


साता निकै राम्रो छ। रोकिएको काम मिल्न जाला। दाजुभाई कुल्कुटुम्बको सहयोग प्राप्त रहला। मान-सम्मान, इज्जत प्रतिष्ठा बढ्ने छन्। लेनदेनमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्ने छ। घर परिवारबाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धिलाई भने ग्रहले निकै राम्रो साथ दिनेछ। राजनीतिक र सामाजिक क्षेत्र राम्रो छ। जागिरे पक्षको लागि यो साता मध्यम देखा परेको छ।

मीन राशि 


यो साता काममा उन्नति प्रगति रहला। आफन्त परिजनको सहयोग प्राप्त रहला। दाजुभाई कुल्कुटुम्बको सहयोग मध्यम रुपमा प्राप्त हुनेछ। खानपानमा विचार पुर्याउनु पर्नेछ। बिद्या बुद्धि बढ्न जाला। राजनीतिक र सामाजिक क्षेत्र भने निकै राम्रो देखिन्छ। घरपरिवारबाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहला। स्वास्थ्यमा निकै विचार गर्नुहोला। मान-सम्मान, इज्जत प्रतिष्ठाहरु मिल्न जानेछन्। यात्रा हजुरको लागि मध्यम रहला।

प्रकाशित : आइतबार, जेठ १४, २०८००९:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य देव रोहिणी नक्षत्रमा प्रवेश, यी राशिको भाग्य चम्किने !