जेठ महिनाको यस साता कस्तो रहला दिन, हेर्नुहोस् साप्ताहिक राशिफल !

(साताको राशिफल : जेठ ६ देखि १२ गतेसम्म) हरेक दिन हुने ग्रह नक्षत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। यस साता ग्रह नक्षत्रको हिसाबले कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ ? हेर्नुहोस-

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आम्दानी एवम् खर्च बराबरऐ जस्तो छ। व्यावसायिक एवम् व्यापारिक काममा पहिलेको जस्तो निराशा देखिन्न। मङ्गलबारसम्मका दिनहरू गतिलाखालका छन्। पढाइ एवम् लेखाइ दुवैतिर प्रगति हुँदै जाला। मुद्दामामिला एवम् वादविवादमा समेत तपाईंकै पक्ष बलियो छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

स्वास्थ्य पूरा राम्रो होलाजस्तो देखिन्न। आफ्नोमात्र नभएर घरपरिवारको स्वास्थ्यका कारण पनि खर्च भइरहला तर साताको पूर्वाद्र्धमा भने केही गतिला काम बनेर आर्थिक लाभसमेत गर्नुहुनेछ। व्यापार र व्यवसायमा तपाईंको बौद्धिक प्रतिभाले ठीक काम गर्ला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मध्यमखालको साता छ। एकैठाउँमा स्थिर भएर बस्न सकिने छैन। यही अस्थिरताले गर्दा आँटेका काम पूरा हुन धेरै समय लाग्नेछ। बङ्गलामुखीको दर्शन र आराधना गर्न थालिहाल्नुहोस्। मित्रवर्गबाट सामान्यखालको आश्वासनमात्र पाइनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

संयमित हुनुपर्ने समय छ। बाधा दिने तत्व प्रशस्त छन्। मद्दत गर्नेको सङ्ख्या कम छ। मानप्रतिष्ठा वृिद्ध होलाजस्तो देखिन्न। सुरुका दिनमा त सोचेकोभन्दा निकै नै आर्थिक हानिसमेत हुन सक्छ। बरु शैक्षिकसम्बन्धी काममा समय थप्नुहोस्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

पूर्वाद्ध राम्रोखालको छ। सोचेकोभन्दा निकै काम बन्नेछन् तर मङ्गलबार र बुधबारका दिन भने निराशा दिनेखालका नै देखिन्छन्। स्वास्थ्यसम्बन्धी समस्या परिरहला। आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

शनिबारको दिनमा निकै खर्च हुनेछ। आफ्नै खर्चले भोजभतेरको आयोजना गर्नुपर्ला जस्तो छ। मद्दत दिनेभन्दा खर्च गराउनेखालका मित्र धेरै छन् । खेलबाडतिर बढी मन नदिनुहोस् । आर्थिक हानिमात्र होलाजस्तो छ। मनमा निराशाका प्रवृत्ति बढी रहनेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सातालाई राम्रै रूपमा लिन सकिन्छ। सुरुको दिनमा इष्टमित्रसँग भेटघाट हुने र रमाइलोसमेत गरिएला । आर्थिक हानि देखिन्न। बरु कुनै माङ्गलिक कामको व्यस्ततामा समय बितिरहला। पढाइ एवम् शैक्षिक कार्यमा समेत पहिलेको भन्दा गतिशीलता बढ्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

पूर्वाद्ध राम्रोखालको छ। सोचेकोभन्दा निकै काम बन्नेछन् तर मङ्गलबार र बुधबारका दिन भने निराशा दिनेखालका नै देखिन्छन्। स्वास्थ्यसम्बन्धी समस्या परिरहला। आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

धेरै समस्यासित जुध्नुपर्ने समय छ। स्वास्थ्यस्थिति पूरा राम्रो रहने छैन। मद्दत गर्नेभन्दा रिस गर्नेको सङ्ख्या बढी छ। व्यापारसम्बन्धी कामले मात्र तपाईंलाई मद्दत गर्ला । बौद्धिक स्तर भने पहिलेको भन्दा अलिकति सुध्रिएरै आएको छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ। विशेषगरी पेटमा गडबड होला कि जस्तो छ। त्यसैले खानपानमा सतर्क हुनुहोस्। त्यसपछि बुधबारसम्मका दिनहरू सामान्य रूपले बित्नेछन् । हातले समातेको व्यवसायले थोरै भए पनि आर्थिक लाभ दिइरहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

खर्च नघटे पनि आम्दानीका स्रोत बिस्तारै खुलेर जानेछन्। मनको बह बिस्तारै घटेर जाला । परिवारको सदासयता र मित्रहरूको सहयोगले पनि प्रशस्त काम गर्नेछ । पढाइको क्षेत्रमा केही प्रगति हुने देखिन्छ। साताका पछिल्ला दिन भने त्यति उत्कृष्ट खालका छैनन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

साताका मङ्गलबारबाहेक अरू दिन राम्राखालका छन्। सोचेकोजति नभए पनि सामान्य किसिमको आर्थिक लाभ भइरहला। घरपरिवारमा राम्रो वातावरण रहला भने मित्रहरूले पनि सहयोग गरिरहनेछन्। विशेषगरी व्यापार, व्यवसायमा क्रमिक सुधार हुने देखिन्छ।

प्रकाशित : आइतबार, जेठ ०७, २०८०१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ ८ गते सोमबार भोलेनाथको दिन, हेर्नुहोस् राशिफल !