मेष राशिमा एक साथ ४ राशिको मिलन, यी राशिको दुवै हातमा हुनेछ लड्डु!

वैदिक पात्रो अनुसार देवताका गुरु अहिले मेष राशिमा विराजमान हुनुका साथै चन्द्रमा पनि सोही राशिमा विराजमान छ। यस बाहेक बुध र राहु पनि मेष राशिमा विराजमान छन् । मेष राशिमा चार ग्रह एकसाथ बस्दा चतुर्ग्रही योग बनिरहेको छ। चतुर्ग्रही योगलाई शुभ योग मध्ये एक मानिन्छ । यस्तो अवस्थामा धेरै राशिका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन्, मेष राशिमा बनेको चतुर्ग्रही योगबाट कुन-कुन राशिलाई लाभ मिल्नेछ जान्नुहोस् ?

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरुलाई चतुर्ग्रही योगबात विशेष लाभ मिल्ने छ । चतुर्ग्रही योग बन्नाले यस राशिका व्यक्तिहरुलाई व्यापार तथा जागिरमा विशेष लाभ मिल्नेछ। यससँगै लामो समयदेखि रोकिएका काम फेरि सुरु हुन सक्छन्। यससँगै फसेको पैसा पनि फिर्ता गर्न सकिन्छ। समाजमा मान–सम्मान, पद–प्रतिष्ठा मिल्नेछ । यसका साथै सन्तानबाट केही शुभ समाचार पनि प्राप्त हुन सक्छ।

वृश्चिक राशि

यो समय यस राशिका मानिसका लागि निकै लाभदायक साबित हुन सक्छ। तपाईको काम हेर्दा पदोन्नति र वृद्धि हुन सक्छ। हरेक क्षेत्रमा सफलता हात पार्न सकिनेछ। यसका साथसाथै तपाईंले परिवार र पार्टनरसँग राम्रो समय बिताउनुहुनेछ, जसले तपाईंलाई मानसिक शान्ति दिन सक्छ। लामो समयदेखि रोकिएको काम फेरि सुरु हुनसक्छ। भाग्यको साथका कारण लगानीमा पनि लाभ मिल्नेछ। यसका साथसाथै प्रेम जीवन पनि निकै रमाइलो हुनसक्छ।

मकर राशि

चतुर्ग्रही योग बन्ने भएकाले यस राशिका व्यक्तिलाई विशेष लाभ मिल्नेछ । कुनै कामको सिलसिलामा विदेश जाने अवसर पनि मिल्नेछ। यसका साथै व्यापार तथा जागिरमा पनि विशेष लाभ मिल्नेछ। केही शुभ समाचार पनि पाउन सकिन्छ। यसका साथै आम्दानीका नयाँ श्रोतहरु खुल्न सक्नेछन्।

मीन राशि

यो राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यावसायमा बढी लाभ मिल्ने सम्भावना छ। यसका साथसाथै लगानी लाभदायक साबित हुन सक्छ। परिवारसँग राम्रो समय बित्नेछ। यसका साथै स्वास्थ्य पनि राम्रो रहनेछ। आर्थिक अवस्था बलियो बन्न सक्छ।

प्रकाशित : शुक्रबार, जेठ ०५, २०८०१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि जेठ ६ गते शनिबार कस्तो हुनेछ दिन, हेर्नुहोस राशिफल !