आज शनि जयन्ती आजको दिन शनिको साढे सती र ढैयाको प्रभावबाट छुटकारा पाउन केही उपाय गरिने विशेष दिन हो। यस दिन गरिने उपायले वर्षभरि शनिदेवको कृपा मिल्छ। जेठ ५ गते शनिको साढे सातिको प्रभावबाट पिडित जनताले शनिदेवको पूजा–आराधना गरी उहाँको उपासना गर्नुपर्दछ ।
मकर, कुम्भ र मीन राशिमा शनिको साढे सती चलिरहेको छ। कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या प्रभाव परेको वा जसको कुण्डलीमा शनि अशुभ अवस्थामा छ वा पीडामा छ भने उनीहरुले पिपलको रूखको पूजा गरी शनिदेवलाई प्रसन्न पार्न तोरीको तेलको दियो बाल्नुपर्दछ ।
शनिदेवलाई प्रसन्न गर्ने सबैभन्दा ठूलो मन्त्र शुभ कर्म हो। यदि तिम्रो कर्म राम्रो छ भने तिमीलाई कसैले रोक्न सक्दैन। यसका साथै गरिबलाई सधैं सहयोग गर्नाले शनिदेव सबैभन्दा बढी प्रसन्न हुन्छन्।
शनि जयन्तीमा कालो गाई, कालो कुकुर, कागको सेवा गर्ने, तोरीको तेल, काँचो कोइला, फलामका भाँडा, कालो कपडा, कालो छाता, कालो तिल, कालो मासको दाल आदि दान गर्दा शुभ फल प्राप्त हुन्छ। भगवान शिव र हनुमानको पूजा गर्दा पनि शनिले कष्ट दिदैन। पीपल र शमीको रूखको पूजा गरी सात मुखे रुद्राक्ष धारण गर्नाले शनिदोष कम हुन्छ ।