आज जेठ ५ गते शुक्रबार कस्तो हुनछ दिन, हेर्नुहोस दैनिक राशिफल !

जेठ ५ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार ।।। नक्षत्र- भरणी ०७:३५ बजेसम्म, त्यसपछी कृत्तिका ।।। तिथि – चऔंसी २१:०२ बजेसम्म, त्यसपछी प्रतिपदा।।। करण – वव ०९:२६ बजेसम्म, त्यस उप्रान्त भद्रा २१:५३बजेसम्म।।। योग – शोभन १८:३६ बजेसम्म, त्यसपछी अतिगण्ड ।।। जेठ ०५, २०८०, शुक्रबार।।। १९ मे, सन् २०२३ ।।। औंसी, ज्येष्ठ कृष्णपक्ष ।।। चौबछलागा, ११४३ ने.सं. ।।। सूर्योदय– ०५: १५ ।।। सूर्यास्त – १८:४७ ।।।  शुभ साइत : – कुनै मुहूर्त तथा साइत छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

विद्यार्थी वर्गमा सफलता मिल्नेछ। पढाइमा रुचि बढ्नेछ। लामो दुरीको यात्राको योजना बन्न सक्छ। मनपर्ने भोजनको आनन्द मिल्नेछ। वरिष्ठबाट मार्गदर्शन मिल्नेछ। जीवनसाथीको स्वास्थ्यमा चिन्ता रहनेछ। स्वास्थ्य कमजोर रहनेछ। धन आर्जन गर्न सजिलो हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

आफ्नो बोलीमा नियन्त्रण गर्नुहोस्। कसैको व्यवहारले दुःख निम्त्याउन सक्छ। पुरानो रोग दोहोरिनेछ। दुखद समाचार प्राप्त हुन सक्छ, धैर्य राख्नुहोस। प्रतिद्वन्द्वी बढ्नेछ। पारिवारिक चिन्ता बढ्नेछ। अत्यावश्यक वस्तु समयमै उपलब्ध हुने छैनन् । तनाव रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शत्रुहरु झुक्नेछन् । विवादलाई प्रोत्साहन नगर्नुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ। आम्दानीका स्रोत बढ्न सक्छन्। व्यापार व्यवसाय राम्रै चल्नेछ। चोटपटक र रोगका कारण बाधा पर्ने सम्भावना छ। अनावश्यक खर्च हुनेछ। आफ्नो मातहतका कर्मचारीको सहयोग मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

लेनदेनमा सावधानी अपनाउनुहोला। शारीरिक पीडा हुने सम्भावना छ। परिवारमा तनाव उत्पन्न हुन सक्छ। शुभ समाचार प्राप्त हुने। आत्मविश्वासमा बृद्धि हुनेछ।  दाजुभाइको सहयोग मिल्नेछ। परिवारसँग मनोरञ्जनका कार्यक्रम हुनसक्छ। व्यापार व्यवसाय राम्रै चल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

रोजगारीको प्रयास सफल हुनेछ। अप्रत्याशित लाभ हुन सक्छ। सट्टेबाजी र चिट्ठाबाट टाढा रहनुहोस्। व्यापारको लागि भएको यात्रा सफल हुनेछ। ठूलो समस्याबाट छुटकारा पाउन सकिन्छ। आम्दानी बढ्नेछ। खुशी बढ्नेछ। पारिवारिक चिन्ता रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

अप्रत्याशित खर्चको योग आउनेछ। स्वास्थ्य राम्रो रहनेछ। विवादमा फस्न सक्नु हुनेछ। चिन्ता र तनाव रहनेछ। घरपरिवारको सहयोग मिल्नेछ। अपेक्षाकृत काममा ढिलाइ हुनेछ। आम्दानीमा कमी आउन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

रोकिएको धन असुलीको प्रयास सफल हुनेछन्। व्यापार यात्रा सफल हुनेछ। आम्दानीका नयाँ स्रोत जुट्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। प्रेम सम्बन्धमा अनुकूलता रहनेछ। बहुमूल्य सामानहरू सुरक्षित राख्नुहोस्। अशान्ति रहनेछ। थकान महसुस हुनेछ। वरिष्ठको सहयोग मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

नयाँ आर्थिक नीति बन्नेछ। कार्यशैलीमा सुधार आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। साझेदारको सहयोग मिल्नेछ। व्यापार सम्झौता बढ्न सक्छ। समयको सदुपयोग हुनेछ। व्यापार यात्रा सफल हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

चोटपटक लाग्न सक्छ सावधान रहनुहोस्। काममा विरोध हुनेछ। अदालतको काम अनुकूल रहनेछ। मन धर्म-कर्ममा लाग्नेछ। तीर्थयात्राको योजना बन्नेछ। लाभको अवसर हातमा आउनेछ। व्यापार व्यवसाय राम्रै चल्नेछ। सुखका साधनमा खर्च हुनसक्छ। पारिवारिक सहयोग मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

स्वास्थ्यको जग कमजोर रहनेछ। विवादबाट कष्ट हुनसक्छ। सवारी साधन र मेसिनरी सामानको प्रयोगमा लापरवाही नगर्नुहोस्। अपेक्षित कार्यमा अप्रत्याशित बाधा आउन सक्छ। तनाव रहनेछ। बहुमूल्य सामानहरू हराउन सक्छ। राज्यका प्रतिनिधिहरूबाट सहयोग मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

पीडा, डर, चिन्ता र बेचैनीको वातावरण बन्न सक्छ। अदालत र अदालतको काम मनमुटाव हुनेछ। जीवन साथीबाट सहयोग मिल्नेछ। आफ्नो मातहतका कर्मचारीसँगको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसाय राम्रै चल्नेछ। अनावश्यक कममा ठूलो खर्च हुनसक्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

जग्गा, भवन, पसल, कारखाना आदि खरिद गर्ने योजना बन्नेछ। रोजगारीमा वृद्धि हुनेछ। प्रगतिको बाटो खुल्नेछ। अपरिचितहरूलाई धेरै विश्वास नगर्नुहोस्। शारीरिक पीडा हुने सम्भावना छ। नकारात्मक सोच हावी हुनेछ। स्वास्थ्य कमजोर रहनेछ।

प्रकाशित : शुक्रबार, जेठ ०५, २०८००७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज शनि जयन्तीमा ३० वर्षपछि बनेको छ अद्भुत संयोग, यी ३ राशिको झोलीमा हुनेछ माता लक्ष्मीको दृष्टि !