आज जेठ ४ गते बिहीबार कस्तो हुनेछ दिन, हेर्नुहोस दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। जेठ ४  गते बिहीबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

माताको साथ र सहयोग मिल्नेछ । बोलीमा कठोरताको भाव रहनेछ, जम्मा भएको धनमा कमी आउन सक्छ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिको सुखद नतिजा प्राप्त हुनेछ। परिवारमा धार्मिक संगीतको कार्यक्रम हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। सन्तानमा स्वास्थ्य गडबडी हुन सक्छ, सचेत रहनुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

धैर्यता कम हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। काममा प्रगति हुने सम्भावना छ। आम्दानी बढ्नेछ, कपडा आदिमा खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा बाधा आउनेछ, सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। मानसिक शान्ति मिल्नेछ तर मनमा असन्तुष्टि पनि रहनेछ। घरपरिवारमा धार्मिक कार्य हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आमाबाट धन प्राप्त हुनेछ। कला संगीत तर्फ झुकाव बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ, स्थान परिवर्तनको पनि सम्भावना छ। कार्यक्षेत्रमा मिहिनेत बढ्नेछ, आम्दानी बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार प्राप्त हुन सक्छ। काममा प्रगतिको सम्भावना छ, सवारी साधनको सुख विस्तार हुनसक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मबल बढ्नेछ, परिवारमा धार्मिक कार्यहरू हुनेछन्। सन्तान सुखमा वृद्धि हुनेछ। उच्च शिक्षा र अनुसन्धान आदिका लागि विदेश जाने सम्भावना छ। कार्यक्षेत्रमा परिवर्तनको योग रहेको छ। आमा र परिवारमा कुनै वृद्ध महिलाबाट धन प्राप्तिको सम्भावना छ। नोकरीमा अधिकारीको सहयोग मिल्नेछ तर स्थान परिवर्तनको सम्भावना पनि छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

घरमा खुसीको विस्तार हुनेछ, अभिभावकको सहयोग मिल्नेछ। कपडा आदिप्रति झुकाव बढ्नेछ, जम्मा भएको धनमा कमी आउन सक्छ। पढाइमा रुचि बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ, सन्तानको सुखमा वृद्धि हुनेछ। आम्दानीमा कमी र खर्च बढ्ने अवस्था आउन सक्छ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। भवन सुखको विस्तार हुनेछ, काममा प्रगतिको सम्भावना छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आत्मविश्वासमा बृद्धि हुनेछ। काममा उत्साह र उमङ्ग रहनेछ। नोकरी र कार्यक्षेत्रमा विस्तार हुनसक्छ। स्थानान्तरणको सम्भावना पनि छ। कममा उच्च अधिकारीको सहयोग रहनेछ, कार्यस्थलमा मिहिनेत बढ्नेछ। मानसिक शान्ति मिल्नेछ तर पारिवारिक जिम्मेवारी बढ्नेछ। कार्य क्षेत्रमा कामको बोझ बढ्ने सम्भावना छ, आम्दानी पनि बढ्नेछ। स्थानान्तरण पनि सम्भव छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ, तर कुराकानीमा संयमित रहनुहोस्, अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। शैक्षिक कार्यमा सुखद नतिजा मिल्नेछ। नोकरीमा  उच्च अधिकारीको सहयोग मिल्नेछ। बोलीमा कठोरताको भाव रहनेछ, कुराकानीमा संयमित हुनुहोस्। कपडा आदिप्रति झुकाव बढ्नेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। शैक्षिक तथा बौद्धिक कार्यबाट कीर्ति सम्मान बढ्नेछ। परिवारमा सुख शान्ति छाउनेछ, वाहन सुखमा वृद्धि हुनेछ। परिवारका साथ धार्मिक स्थलको यात्रामा जान सकिनेछ। आत्मविश्वास बढ्नेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। आमाको साथ र सहयोग मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

परिवारमा धार्मिक कार्य हुनेछ, परिवारमा सुख शान्ति छाउनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना सृजना भइरहेको छ, इच्छाविपरीत केही नयाँ कार्यको जिम्मेवारी पाउन सकिनेछ। कार्यस्थलमा मिहिनेत बढ्नेछ, सन्तानको पीडा हुनेछ। धर्मप्रति भक्ति बढ्नेछ, आत्मविश्वास बढ्नेछ। कला संगीतमा रुचि बढ्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा निराशाको भावना आउन सक्छ। माताको सहयोग मिल्नेछ, जागिरमा परिवर्तनको सम्भावना छ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ। आफ्नो स्वास्थ्य प्रति सजग रहनुहोस्, पुरानो साथीसँग भेट हुन सक्छ। परिवारमा हाँसो र खुशीको वातावरण हुनेछ। काममा मिहिनेत बढी हुनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

परिवारमा सुख-शान्ति छाउनेछ, शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। परिवारमा महिलाबाट धन प्राप्तिको सम्भावना छ, दाजुभाइसँग मनमुटाव हुन सक्छ। कुराकानीमा संयमित रहनुहोस्, बोलीमा कठोरता रहनेछ। खर्च बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ, नोकरीमा यात्रामा जानु पर्नेछ । साथीभाइको सहयोग मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

दाम्पत्य सुखमा वृद्धि हुनेछ, साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। मनमा आशा र निराशाको मिश्रित भाव रहनेछ, स्वभावमा चिडचिडापन आउन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ, परिवारमा सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ ।

प्रकाशित : बिहिबार, जेठ ०४, २०८००८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पति-चन्द्रमाको संयोगले यी राशिलाई राजाको समान सुख मिल्दै, हेर्नुहोस् कुन-कुन राशि ?