आजबाट ग्रहका राजा सूर्य देवको राशि परिवर्तन, कुन राशिलाई कस्तो रहला अबको एक महिना हेर्नुहोस् !

ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा प्रभाव पार्छ। कतिपय राशिले शुभ र केही राशिले अशुभ फल प्राप्त हुनेछ। सूर्यदेव मेष राशिबाट १ दिनपछि वृष राशिमा प्रवेश गर्दैछन्। जेठ १ गते सूर्यदेवले राशि परिवर्तन गर्दैछन्।

सूर्यले आफ्नो राशि परिवर्तन गर्नेबित्तिकै केही राशिका लागि भाग्यशाली हुने भएको छ भने केही राशिका व्यक्तिले सावधानी अपनाउनुपर्ने हुन्छ। जान्नुहोस् कुन राशिका मानिसले पाउँछन् शुभ समाचार र सूर्य भगवान वृष राशिमा प्रवेश गर्दा कुन राशीका व्यक्तिले सावधानी अपनाउनु पर्ने हुन्छ।

मेष राशि

आत्मसंयम रहनु होला। अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। चिकित्सा खर्च बढ्न सक्छ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ।

वृष राशि

मन अशान्त रहनेछ। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ। सवारी साधन तथा लत्ताकपडामा खर्च बढ्नेछ।

मिथुन राशि

मनमा उतारचढाव रहनेछ। व्यापार व्यवसायमा अवरोध आउन सक्छ। थप मिहिनेत हुनेछ। आम्दानीमा भने कमी आउनेछ। बुवाबाट धन प्राप्ति हुनसक्छ।

कर्कट राशि

मनमा आशा र निराशाको भावना रहनेछ। आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्। खर्चको मात्रा बढ्नेछ। साथीभाइको सहयोगमा व्यापारमा अवसर मिल्नेछ।

सिंह राशि

मन अशान्त रहनेछ। कला वा संगीतमा रुचि बढ्न सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च बढ्नेछ। व्यापार व्यवसायमा अवरोध आउन सक्छ।

कन्या राशि

मन अशान्त रहनेछ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। काममा कामको बोझ बढ्नेछ। मिहिनेत बढी हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला राशि

मन चंचल रहनेछ। काममा अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोला। प्रगतिको बाटो खुल्नेछ। तर कार्यभारमा वृद्धि र स्थान परिवर्तन हुन सक्छ।

वृश्चिक राशि

मन चंचल रहनेछ। धैर्यताको कमी हुनेछ। जागिरमा पदोन्नतिसँगै स्थान परिवर्तन हुनसक्छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ।

धनु राशि

शान्त रहनुहोस्। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। साथीको आगमन हुन सक्छ। कपडा उपहार दिन सकिन्छ। खर्च बढ्नेछ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला।

मकर राशि

मन अशान्त रहनेछ। शान्त होउ अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। मिहिनेत बढी हुनेछ।

कुम्भ राशि

मन प्रसन्न रहनेछ। अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। स्थान परिवर्तन पनि हुन सक्छ।

मीन राशि

मन अशान्त रहनेछ। अज्ञात भयले सताउन सक्छ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। आम्दानी बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ ।

प्रकाशित : सोमबार, जेठ ०१, २०८०१०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनि जयन्तिमा दुर्लभ ३ राजयोग बन्दै, ३ राशिलाई हुनेछ लाभै-लाभ !