शनि र चन्द्रमाको संयोगले कुम्भ राशिमा ‘विष योग’ सृजना गरेको छ। ज्योतिष शास्त्रमा विष योगलाई निकै महत्वपूर्ण मानिन्छ। विषय योगले कतिपय राशिहरूमा शुभ प्रभाव पार्ने र केही राशिमा अशुभ प्रभाव पार्ने देखिन्छ। विषय योगले कतिपयको गुमेको भाग्य ब्युँझाउनेछ भने कतिपयले निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। जान्नुहोस् विषयका कारण कुन-कुन राशिलाई शुभ हुनेछ?
मेष– मन प्रसन्न रहनेछ। आत्मविश्वास भरिपूर्ण रहनेछ। जागिरमा स्थान परिवर्तनको सम्भावना छ। जीवन साथीको सहयोग मिल्नेछ। जीवन कष्टदायी हुन सक्छ।
वृष– आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा बृद्धि होला तर केही कठिनाइ पनि आउन सक्छ।
मिथुन- मनमा उतारचढाव रहनेछ। साथीभाइको सहयोगले व्यापारमा सुधार आउनेछ। व्यवसाय विस्तारका लागि अभिभावकबाट सहयोग मिल्नेछ।
कर्कट– मन अशान्त रहनेछ। मनमा निराशा र असन्तुष्टि रहनेछ। आम्दानीमा कमी र खर्च बढी हुने अवस्था आउन सक्छ। पारिवारिक जीवन कष्टदायी हुन सक्छ।
सिंह– बोलीमा मिठास रहनेछ। तर धैर्यताको कमी हुनेछ। शैक्षिक कार्यमा कठिनाई आउन सक्छ। व्यापारका लागि अन्य ठाउँमा जान सकिनेछ।
कन्या– मन अशान्त रहनेछ। परिवारको स्वास्थ्यप्रति सचेत रहनुहोला। खर्चको मात्रा बढ्नेछ। तर बाबुको सहयोग मिल्नेछ। जीवन अव्यवस्थित हुनेछ।
तुला– मन प्रसन्न रहनेछ। आत्मविश्वास भरिपूर्ण रहनेछ। क्रोधबाट टाढा रहनुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। साथीभाइको सहयोगले आम्दानी बढ्न सक्छ।
वृश्चिक– मनमा शान्ति छाउनेछ। धेरै आत्मविश्वास बढ्नेछ। साथीको आगमन हुन सक्छ। जागिरमा परिवर्तनको सम्भावना छ। प्रगति पनि हुनेछ।
धनु – आत्मसंयम रहनु होला। अनावश्यक क्रोध र विवादबाट टाढा रहनुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। काममा कठिनाई आउन सक्छ।
मकर– आत्मविश्वास भरिपूर्ण रहनेछ। जागिरमा परिवर्तनको सम्भावना छ। उच्च पद प्राप्त हुनेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ।
कुम्भ– मन अशान्त रहनेछ। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ। खर्चको मात्रा बढ्नेछ। कुनै पनि सम्पत्तिबाट धन आर्जन गर्न सकिनेछ।
मीन– मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। वैदेशिक रोजगारीमा जान सकिनेछ।