वैदिक ज्योतिषका अनुसार चन्द्र र सूर्यग्रहण समय समयमा हुने गर्दछ। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। यस भन्दा पहिले सूर्यग्रहण २० अप्रिलमा भएको थियो भने गत हप्ता ५ मेमा चन्द्रग्रहण लगेको थियो। पञ्चाङका अनुसार यी ग्रहणहरू नेपालमा मान्य थिएनन्। त्यसैले उनीहरुको सुतक पनि मान्य भएको। यहाँ वर्षको दोस्रो सूर्यग्रहणको बारेमा कुरा गर्न जाँदैछौं, जान्नुहोस् यो ग्रहण कहिले हुन्छ र यो भारतमा मान्य हुन्छ की हुँदैन जान्नुहोस्-
वैदिक ज्योतिषका अनुसार सन् २०२३ को दोस्रो सूर्यग्रहण १४ अक्टोबरमा लाग्नेछ। साथै यो ग्रहण नेपाली समय अनुसार राति ८:३४ मा सुरु भएर दिउँसो २:२४ बजेसम्म रहनेछ। तर यो सूर्यग्रहण नेपालमा मान्य हुने छैन। तर यो ग्रहणले पश्चिम अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, प्रशान्त महासागर, एट्लान्टिक महासागरलाई असर गर्नेछ। जुन दिन यो सूर्यग्रहण लाग्नेछ, त्यो दिन आश्विन अमावस्या हुनेछ।
मेष राशि
ग्रहणका कारणले यस राशिका व्यक्तिलाई अलिकति भ्रममा पार्न सक्छ र कुनै रोगको कारण समस्या आउन सक्छ। त्यसैले लापरवाही नगर्नुहोस्।
वृष राशि
घरपरिवारका सदस्यहरुसँग वादविवाद हुनसक्छ, बुद्धिमतापूर्वक धन खर्च गर्नुहोला । किनभने यस अवधिमा लगानी डुब्न सक्छ।
मिथुन राशि
ग्रहणको प्रभावले आर्थिक रुपमा सम्पन्न बन्न सकिनेछ भने जीवनमा सकारात्मक प्रभाव देखिनेछ । जसले तपाईको व्यक्तित्वमा निखार ल्याउनेछ ।
कर्कट राशि
ग्रहणको प्रभावले स्वास्थ्यमा समस्या आउन सक्छ। त्यसैले लापरवाही नगर्नुहोस् र खानपानमा सावधान रहनुहोस्।
सिंह राशि
दाम्पत्य जीवनमा गलतफहमी बढ्न सक्छ, यसका साथसाथै कुनै कुरामा मानसिक अशान्ति हुन सक्छ। त्यसैले तनाव लिनबाट जोगिनुहोस्।
कन्या राशि
काम–व्यवसायमा समस्याको सामना गर्नु पर्नेछ । यसले तपाईको आर्थिक अवस्थालाई असर गर्न सक्छ। धन हानि हुने सम्भावना छ।
तुला राशि
राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले समस्याको सामना गर्नुपर्नेछ। कार्यस्थलमा वादविवाद हुनसक्छ। साथै मन अलिकति उदास रहन सक्छ।
वृश्चिक राशि
जीवनमा केही महत्वपूर्ण निर्णय लिन सकिनेछ तर दाम्पत्य जीवनमा केही समस्या आउन सक्छ।
धनु राशि
यो ग्रहण यस राशिको लागि आर्थिक रूपमा सकारात्मक साबित हुन सक्छ। व्यापारमा लाभको सम्भावना छ। यससँगै रोकिएको पैसा पनि पाउन सकिन्छ।
मकर राशि
बेरोजगार व्यक्तिले रोजगारी मिल्नेछ, आकस्मिक धन लाभ पनि हुनेछ। साथै मन कुनै कुरामा अलमलमा पर्न सक्छ।
कुम्भ राशि
करियरमा राम्रो अवसर मिल्नेछ। आर्थिक अवस्थामा सुधार आउन सक्छ। रोजगारी भएका व्यक्तिको सरुवा हुन सक्छ।
मीन राशि
यस अवधिमा तपाईंले कार्यक्षेत्रमा कडा परिश्रम गर्नुपर्ने हुन सक्छ, व्यापारमा राम्रो सफलता पाउनुहुनेछ।