भोलि वैशाख २६ गते मंगलबार: कस्तो हुनेछ दिन, हेर्नुहोस् राशिफल !

वैशाख  २६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – मंगलबार ।।। नक्षत्र- मूल १९:२८ बजेसम्म, त्यसपछी पूर्वाषाढा ।।। तिथि – चतुर्थी १७:४२ बजेसम्म, त्यसपछी पञ्चमी ।।। करण – वव ०६:४१ बजेसम्म, त्यसपछी वालव १७:४२ बजेसम्म, त्यसपछी कौलव ०४:३९ बजेसम्म, त्यसपछी तैतिल ।।। योग – सिद्ध २३:०८ बजेसम्म, त्यसपछी साध्य ।।। वैशाख २६, २०८०, मंगलबार ।।। ०९ मे, सन् २०२३ ।।। चतुर्थी, ज्येष्ठ कृष्णपक्ष ।।। बछलागा, ११४३ ने.सं. ।।। सूर्योदय– ०५:२१ ।।। सूर्यास्त – १८ :४१ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत, –

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

व्यापारमा केही नयाँ गर्ने सोच आउन सक्छ। परिवारमा अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। आज तपाईंले आफूलाई ऊर्जावान महसुस गर्नुहुनेछ। आर्थिक लाभको सम्भावना सृजना हुनेछ । जग्गा तथा भवन सम्बन्धी योजना बन्नेछ । प्रतिद्वन्द्वीमाथि विजय प्राप्त हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

पारिवारिक सुखसुविधाको विस्तारमा खर्च बढ्न सक्छ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू लाभदायी साबित हुनेछन्। जागिर व्यावसायका लागि दिन शुभ छ। आर्थिक सम्झौता गर्दा सावधान रहनुहोस्। मानसिक स्वास्थ्यमा सुधार आउनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

विद्यार्थीको करियरमा उन्नति सम्भव छ। व्यापार व्यावसायमा विस्तारको सुखद परिणाम मिल्नेछ। रोकिएका सबै काम समयमै पूरा हुनेछन्। करियरमा बाधा अड्चन हट्न सक्छ। व्यापार तथा जागिरमा नयाँ तथा अप्रत्याशित लाभको अवसर मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

व्यापार व्यवसायमा नयाँ कार्य प्राप्त गर्न पाउँदा खुसी हुनेछ। व्यापार व्यवसायमा प्रगतिको अवसर मिल्नेछ। आफ्नो जीवनशैलीमा पहिले भन्दा ठूलो परिवर्तनहरू देख्न सक्नुहुन्छ। साथीसँगको सम्बन्धमा रहेको तीतोपन हट्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

काममा सफलता र व्यापारमा केही नयाँ काम हुनेछ। उन्नतिको अवसर मिल्नेछ। कामको सिलसिलामा यात्रा हुन सक्छ, जुन लाभदायक साबित हुनेछ। सेयर बजारमा लगानी गर्न दिन उत्तम रहेको छ। पार्टनरप्रति थप लगाव रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

लामो समयदेखि रोकिएका काम पुरा हुनेछन्। कार्यक्षेत्रमा लाभको अवसर मिल्नेछ। धेरै महत्त्वपूर्ण कार्यहरू पूरा हुनेछन्। उच्च अधिकारीबाट सहयोग मिल्नेछ। विवाहित जोडीहरुका लागि आजको दिन निकै अनुकुल रहेको छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

काममा केही तनाव रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। आर्थिक उन्नतिको सम्भावना छ। जागिर व्यावसायमा ठूलो काम गर्न सकिनेछ। लक्ष्य मनमा राख्ने प्रयास गर्नुहोस्। राजनीतिज्ञहरूका लागि विशेष लाभदायक समय रहनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

कार्य स्थलमा अधिकारीहरूसँग अनावश्यक बहस नगर्नुहोस्। स्थान परिवर्तनको सम्भावना छ। कार्यस्थलमा एकपछि अर्को चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। रोजगारीका लागि प्रभावशाली व्यक्तिको सहयोग मिल्नेछ। यात्राको सम्भावना रहेको छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापारमा सफलता मिल्नेछ। काममा अधिकारीको सहयोग मिल्नेछ। भावुक भएर हतारमा निर्णय नगर्नुहोस्। कार्यस्थलमा उतारचढाव आउनेछ। पेशागत व्यस्तताले व्यक्तिगत आवश्यकताहरूमा समयको कमी आउनेछ। राम्रो भावनाले उद्देश्य सफल हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

काममा सफलता मिल्नेछ। आर्थिक दृष्टिले आजको दिन महत्वपूर्ण रहनेछ, आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। नोकरी व्यवसायमा सुधार आउनेछ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफ्नो कला देखाउन सफल हुनुहुनेछ। विपक्षीहरू पराजित हुनेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

व्यापार सोच विस्तार हुनेछ। आम्दानीको स्थितिमा सुधार आउनेछ। कार्यस्थलमा काम गर्ने शैलीमा परिवर्तन आउनेछ। कार्यालयमा आफू मातहतका कर्मचारीहरू समस्याको स्रोत बन्न सक्छन्। पुरानो सम्बन्धमा घनिष्टता बढ्नेछ। अभिभावकको भावनात्मक सहयोगले उत्साह बढ्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

रोकिएको धन प्राप्त हुन सक्छ। कार्यालयमा उच्च अधिकारीबाट प्रोत्साहन मिल्नेछ। व्यवसायीहरु नयाँ परियोजना सुरु गर्न चाहन्छन् भने आजको दिन शुभ रहेको छ । शैक्षिक कार्यमा सफलता मिल्नेछ। लामो समयपछि नजिकको साथीसँग भेटघाट हुनसक्छ।

प्रकाशित : सोमबार, बैशाख २५, २०८०१९:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज वैशाख २६ गते मंगलबार कस्तो रहला दिन, हेर्नुहोस् दैनिक राशिफल !