वैदिक ज्योतिषका अनुसार ग्रहहरू समय-समयमा राशि परिवर्तन गर्छन् र अन्य ग्रहहरूसँग संयोग बनाउँछन्। जसले मानव जीवन र पृथ्वीलाई प्रत्यक्ष असर गर्छ। मिथुन राशिमा ग्रहहरूको अधिपति मंगल र धनदाता शुक्रको युती बनिरहेको छ। जसको प्रभाव सबै राशिका मानिसहरूमा देखिनेछ। तर यस समयमा धन र सौभाग्यको आशीर्वाद ३ राशिलाई मिल्ने भएको छ। जान्नुहोस् यी कुन-कुन राशि हुन्?
तुला राशि
मंगल र शुक्रको संयोग तुला राशिको लागि शुभ साबित हुन सक्छ। यस समयमा विदेश भ्रमणको सम्भावना पनि बढिरहेको छ। यसका साथ-साथै विद्यार्थीका लागि पनि यो समय लाभदायी रहने र प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्ने सम्भावना छ। साथै बुवासँगको सम्बन्ध मधुर रहनेछ। साथै कार्यस्थलमा प्रदर्शन उत्कृष्ट हुनेछ। अहिले सम्म अगाडि बढ्नमा आएका बाधाहरू हट्नेछन्। साथै परिवारसँग धार्मिक यात्रामा पनि जान सकिनेछ।
कन्या राशि
कन्या राशिका लागि मंगल र शुक्रको संयोग लाभदायी साबित हुनसक्छ। यस समयमा तपाईले काम-व्यवसायमा राम्रो सफलता पाउन सक्नुहुन्छ। अर्कोतर्फ राम्रो आर्थिक अवस्थाका कारण कुनै समस्या हुने छैन। यसका साथै रोजगारीमा रहेकालाई बढुवा हुन् सकिन्छ। अर्कोतर्फ व्यवसायीहरूले यो समयमा राम्रो नाफा कमाउन सक्छन्। व्यापार विस्तार हुनसक्छ।
सिंह राशि
सिंह राशिका लागि मंगल र शुक्रको संयोग अनुकूल साबित हुन सक्छ। यस समयमा आम्दानीमा ठूलो वृद्धि हुन सक्छ। यसका साथै यस समयमा आम्दानीका नयाँ स्रोतहरू पनि सिर्जना हुन सक्छन्। त्यस्तै यो चरण आर्थिक मामिलामा उत्कृष्ट साबित हुन सक्छ। नोकरी र व्यापारमा केही राम्रो अवसर मिल्नेछ। यसका साथै व्यापारीहरूको कुनै पनि सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ, जुन भविष्यमा फाइदाजनक हुनेछ।