निकै भाग्यशाली मानिन्छन् यस राशिका व्यक्ति, कम उमेरमा नै नाम-दामा कमाउन हुन्छन् सफल !

भनिन्छ जन्म समय देखि नै हरेक मान्छे आफ्नो भाग्य लिएर आउँछ । कसैलाई जीवनमा कम मेहनतमा गरे पनि सफलता मिल्छ, भने केही मानिसलाई लाख मिहिनेत गर्दा जीवनमा सफलता मिलन सक्दैन । ज्योतिष शास्त्रका अनुसार यदि कुनै व्यक्तिको भाग्य समय भन्दा पहिले नै साथ दिन्छ भने केही मानिसलाई लामो समयको मिहिनेतपछि मात्र सफलता मिल्ने गर्दछ । आज हामी यस पोस्ट मार्फत यस्ता ४ राशिका बारेमा बताउने छौँ जुन राशिका मानिसहरू निकै भाग्यमानी मानिन्छन् । उनीहरूको जीवनमा धन र प्रतिष्ठाको कुनै कमी हुँदैन ।

मेष राशि

मेष राशिका मानिसलाई मंगल ग्रहले प्रभाव हुन्छ। मेष राशिका मानिसहरू साहसी, चतुर, मेहनती र इमानदार मानिन्छन्। कडा परिश्रमले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्छ । यस राशिका व्यक्तिको भाग्य धेरै राम्रो हुन्छ । यस आफ्नो राशिका व्यक्तिलाई आफ्नो मिहिनेतको फल छिट्टै मिल्छ । यस राशिका व्यक्तिले सानै उमेरमा धन र प्रतिष्ठा कमाउँछन्।

वृश्चिक राशि

वृश्चिक राशिका मानिसहरू धेरै बुद्धिमान र समझदार हुन्छन्। हात हालेको काममा सफलता मिल्छ । तिनीहरूको भाग्य धेरै बलियो हुन्छ । हरेक काममा भाग्यको साथ मिल्छ । यदि उनी आफ्नो करियरप्रति ग:म्भीर भए भने धेरै प्रगति गर्न सक्छन् । यस्ता मानिसहरू भीडमा पनि आफ्नो पहिचान बनाउन सफल हुन्छन् ।

मकर राशि 

यस राशिका मानिसमा शनिदेवको प्रभाव रहन्छ। मकर राशिका मानिसहरू इमानदार, मेहनती र मनमा शुद्ध हुन्छन्। एक चोटि उनीहरूले निर्णय गरेको काममा सफलता प्राप्त गरेर छोड्छन् । उनीहरूको भाग्य धेरै राम्रो छ। यस राशिका व्यक्ति समाजमा एक असल नेता साबित हुन्छन्।

कुम्भ राशि

यस राशिका मानिसहरू निकै तेज दिमागका हुन्छन् । उनीहरूमाथि शनिदेवको विशेष कृपा हुन्छ। आफ्नो मिहिनेतले जीवनमा जे चाहन्छन् त्यो हासिल गर्न सक्छन् । कुम्भ राशिका व्यक्तिहरू अनुशासनमा बस्न रुचाउँछन् । आफ्नो काममा कसैको हस्तक्षेप मन पर्दैन ।

प्रकाशित : बिहिबार, बैशाख २१, २०८०१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य देव वृष राशिमा प्रवेश गर्दै, ३ राशि रहनुहोस् सावधान !