ज्योतिष शास्त्रमा १२ राशिको बारेमा वर्णन गरिएको छ । हरेक राशिको कुनै एक स्वामी ग्रह हुने गर्दछ जसले यी राशिमा प्रभाव पारेको हुन्छ । ज्योतिषीय मान्यताका अनुसार पवन पुत्र हनुमान र व्यक्तिको कर्म अनुसार फल दुने शनिदेवको केही राशिमा विशेष कृपा हुन्छ । जसलाई हनुमान र शनिदेवको विशेष आशीर्वाद प्राप्त हुन्छ, यी राशिका व्यक्तिले जीवनमा कुनै प्रकारको समस्या आउँदैन। जान्नुहोस् कुन-कुन राशिमा हनुमान र शनिदेव असीम कृपा हुने गर्दछ ।
मेष राशि
ज्योतिष शास्त्रका अनुसार मेष राशिका मानिसहरूमा पवन पुत्र हनुमान र शनिदेवको विशेष कृपा हुन्छ। मेष राशिका मानिसहरुको इच्छाशक्ति निकै बलियो हुन्छ । मेष राशिका व्यक्तिहरूले हनुमान जीको विशेष आशीर्वाद प्राप्त गर्न दिनहुँ भगवान श्रीरामको नाम जप गर्नुपर्छ। हनुमानको कृपाले मेष राशिका मानिसहरुको आर्थिक पक्ष पनि मजबुत हुन्छ । यस राशिका मानिसहरुमा इच्छाशक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बढी हुन्छ । यस राशिका व्यक्ति बुद्धिमान र चतुर छन्।
सिंह राशि
ज्योतिष शास्त्रका अनुसार हनुमान र शनिदेवको कृपाले सिंह राशिका मानिसहरुबाट समस्याहरु सजिलै समाधान हुन्छ । यस राशिका मानिसहरुको आर्थिक पक्ष पनि बलियो हुन्छ । हनुमान कृपाले काम र व्यापारमा प्रगति हुनेछ। सिंह राशिका व्यक्तिहरूले हनुमान विशेष आशीर्वाद प्राप्त गर्न दैनिक बजरङ्ग बाणको पाठ गर्नुपर्छ। सिंह राशिका मानिसहरु जागिर र व्यापारमा सधैँ प्रगति गर्छन् ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसमा सधैँ हनुमान र शनिदेवले आशीर्वाद हुन्छ । यस राशिका व्यक्तिहरुको काममा कुनै बाधा आउँदैन । हनुमानको कृपाले काममा पदोन्नति मिल्छ । हनुमानको कृपाले वृश्चिक राशिका मानिसहरु निकै भाग्यमानी हुन्छन् । हनुमान जीको कृपाले यस राशिका व्यक्तिको काममा बाधा कम हुन्छ । हनुमानको कृपाले वृश्चिक राशिका व्यक्तिहरूले कममा सहजै सफलता प्राप्त गर्नेछन्। यस राशिका व्यक्तिको आर्थिक पक्ष निकै बलियो हुन्छ ।
कुम्भ राशि
ज्योतिष शास्त्रका अनुसार हनुमानको कृपाले कुम्भ राशिका मानिसहरुलाई आफ्नो काममा अरूको भन्दा छिटै सफलता मिल्छ । कुम्भ राशिमा हनुमान जीको विशेष कृपा कायम रहन्छ। कुम्भ राशिका मानिसहरुका लागि धनको कुनै कमी हुँदैन । हनुमानको कृपाले कुम्भ राशिका व्यक्तिको समस्या क्षणभरमै हट्छ । यस राशिका व्यक्तिहरूले करियरमा उचाइ प्राप्त गर्छन्। उनीहरूले पैसा कमाउने अवसरहरू प्रशस्त प्राप्त गरिरहन्छन्।
समाजमा इज्जत र सम्मान पाउँछन् ।