आज परेको छ मोहिनी एकादशी, जान्नुहोस् शुभ मुहूर्त-पूजा विधि !

एकादशी तिथिलाई भगवान विष्णुको नममा समर्पित मानिन्छ। यस दिन माता लक्ष्मी र भगवान श्रीहरिको पूजा आराधना गर्ने गरिन्छ। हिन्दू पात्रो अनुसार वैशाख शुक्ल पक्षको एकादशीका दिन मोहिनी एकादशी व्रत बसिन्छ। प्रत्येक महिनामा दुई एकादशी तिथी छन्। सबै एकादशीमध्ये मोहिनी एकादशीलाई विशेष मानिन्छ।

यस पटक मोहिनी एकादशी आज वैशाख १८ गते सोमबार परेको छ। पौराणिक कथा अनुसार मोहिनी एकादशीका दिन भगवान विष्णुले समुद्र मन्थन गर्दा निस्केको अमृतको भाँडो राक्षसबाट बचाउनका लागि मोहिनीको रुपमा अवतार लिनुभएको हुनाले यसलाई मोहिनी एकादशी भनिएको हो। जान्नुहोस् मोहिनी एकादशीको शुभ समय र पूजा विधि-

मोहिनी एकादशी शुभ समय

एकादशी तिथी वैशाख १७ गते आइतबार राति ८:२८ बजे सुरु भएको छ, जुन आज सोमबार बिहान १०:०९ बजे समाप्त हुनेछ। उदयतिथि अनुसार वैशाख १८ गते मोहिनी एकादशी व्रत मनाइँदैछ।

मोहिनी एकादशी व्रत विधि

यस शुभ दिनमा बिहान सबेरै उठेर स्नान गर्नुहोस्।
नुहाएर सफा लुगा लगाउने।
यसपछि घरको मन्दिर सफा गरि घिउको दियो बाल्नुहोस्।
भगवान विष्णुलाई गंगा जलले अभिषेक गर्नुहोस्।
यसपछि भगवान विष्णुलाई सफा वस्त्र धारण गराउनुहोस्।
भगवान विष्णुको आरती गरी भोग अर्पण गर्नुहोस्। भगवान विष्णुको भोगमा तुलसीलाई समावेश गर्नुहोस्। धार्मिक मान्यता अनुसार भगवान विष्णुले तुलसीबिना भोजन ग्रहण गर्दैनन्। ध्यान राख्नुहोस् कि केवल शुद्ध चीजहरू भगवानलाई चढाउन सकिन्छ।

प्रकाशित : सोमबार, बैशाख १८, २०८००७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ३ स्वभाव भएका मानिसहरू छिट्टै बरबाद हुन्छन्, मिल्दैन कसैको साथ-सहयोग !