साप्ताहिक राशिफल: वैशाख महिनाको यस साता कस्तो रहल समय, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

मेष राशि  (चु चे चो ला लि लु ले लो अ)

पढाइमा रुचि बढ्नेछ । शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ । उच्च शिक्षाका लागि विदेश जान सकिनेछ । सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । थप दौडधुप हुनेछ। आत्म-नियन्त्रित हुनुहोस्। क्रोध र जोशबाट टाढा रहनुहोस्। पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना छ । अनावश्यक विवाद र झगडाबाट टाढा रहनुहोस्। काममा अधिकारीसँग मतभेद बढ्न सक्छ। परिवर्तनको सम्भावना पनि छ । अभिभावकको सहयोग मिल्नेछ ।

वृष राशि (इ उ ए ओ वा वी वु वे वो)

साता निकै राम्रो देखिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। दाजुभाइ, दिदीबहिनी र इष्टमित्रबीचको सम्बन्ध र सहकार्य निकै राम्रो देखिन्छ। व्यापार, व्यवसायमा लाभ छ। यात्रा सामान्य रहनेछ। धार्मिक कार्यमा सरिक हुनाले खुसी र आनन्दमा साता बित्ने देखिन्छ। हजुरले गर्नुभएको नयाँ कार्यमा भने केही समस्याहरू आउलान्। लेनदेनमा केही अप्ठ्यारा पक्षहरू रहनेछन्।

मिथुन राशि  (का कि कु घ ङ छ के को हा)

मनमा केही चिन्ता रहन सक्नेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिका मार्गहरू बन्लान्। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। सन्तान सुख, शान्तिको योग देखिन्छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। यात्रा सुखद रहनेछ। दिदीबहिनी, दाजुभाइबीचको प्रेम र सद्भाव बढ्नेछ। राजनीतिक क्षेत्र मध्यम छ। जागिरेहरूका लागि साता सामान्य छ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ।

कर्कट राशि (ही हु हे हो डा डि डु डे डो)

मनमा कौतूहल र चिन्ता रहे तापनि उन्नति, प्रगतिको निकै राम्रो योग बन्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्नेछ। सूर्य ग्रहको प्रभावले व्यापार, व्यवसायमा केही उतारचढाव हुन सक्ने देखिन्छ। साङ्गीतिक क्षेत्रमा निकै राम्रो प्रदर्शन हुने देखिएको छ। सवारी साधनमा केही सामान्य समस्याहरू आउन सक्नेछन्। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। कृषकहरूका लागि राम्रो योग देखिएको छ। छात्रछात्राहरूका लागि पनि साता निकै राम्रो छ। आर्थिक पक्षमा निकै प्रगति हुने देखिएको छ।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा लाभको साता छ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्ला। मनमा धेरै कुरा खेले तापनि हजुरको निर्णय निकै राम्रो हुनेछ। आयआर्जनका मार्गहरू प्रशस्त बढ्नेछन्। लेनदेनमा भने केही अप्ठ्यारा पक्ष रहलान्। साहित्य, सङ्गीतमा निकै राम्रो प्रदर्शन हुने देखिएको छ। स्वास्थ्यमा क्रमिक सुधार हुनेछ। नयाँ कार्यको थालनी होला। दाजुभाइ, दिदीबहिनीबीचको प्रेम र सद्भाव बढ्ने देखिन्छ।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

आर्थिक समृद्धिको वातावरण मध्यम रहला। स्वास्थ्यमा केही समस्याहरू रहन सक्नेछन्। कृषि क्षेत्र राम्रो देखिएको छ। पारिवारिक उन्नति, प्रगतिमा ग्रहले निकै राम्रो साथ दिने देखिन्छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। सन्तान सुख, शान्ति, समृद्धि मिल्नेछ। नयाँ कार्यको थालनी होला। नयाँ सवारी साधनको योग बन्ला। बसेको ठाउँ परिवर्तन हुन सक्नेछ।

तुला राशि (र  रि रु रे रो ता ति तु ते)

आयआर्जनका मार्गहरू प्रशस्त बढ्नेछन्। स्वास्थ्यमा केही समस्या रहनेछ। कृषि क्षेत्रमा लाभ छ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ। मनमा धेरै कुराहरू खेल्नेछन्। आफैँ निर्णय गर्नाले केही बेफाइदा हुन सक्नेछ। तीर्थयात्राको योग बन्न सक्नेछ। व्यापार, व्यवसायमा लाभ छ। राजनीतिक क्षेत्रमा मान, सम्मान बढ्ने देखिन्छ।

वृश्चिक राशि (तो ना नि नू ने नो या यि यू)

जागिरेहरूका लागि साता मध्यम छ। मनमा कुरा खेल्नेछ। आयआर्जनका मार्गहरू प्रशस्त बन्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि र उन्नति, प्रगति राम्रो देखिएको छ। दाजुभाइ, दिदीबहिनी, घरपरिवार, इष्टमित्रबाट राम्रो सहयोग प्राप्त रहला। साङ्गीतिक क्षेत्रमा निकै इज्जत, प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा केही समस्याहरू देखापर्लान्। सवारी साधनमा भने थोरै विचार पुऱ्याउनुपर्ने देखिन्छ।

धनु राशि (ये यो भा भी भू ध फा ढा भे)

विद्या, बुद्धि बढ्नेछ। जागिरेहरूका लागि स्थानान्तरणका योगहरु बन्न सक्नेछन्। पारिवारिक उन्नति, प्रगति हुन सक्नेछ। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दाम्पत्य जीवनमा भने सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। हजुरले गर्न खोज्नुभएको नयाँ काममा बाधाहरू आउन सक्नेछन्। अचानक यात्राको योग बन्नेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ।

मकर राशि (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

पारिवारिक उन्नति, प्रगतिमा ग्रहले निकै राम्रो साथ देिनेछ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। अचानक लाभ योगको साता बन्ने देखिन्छ। मनमा केही तनाव रहन सक्नेछ तर “ॐ सूयार्य नमः” जप गर्नुभयो भने निकै सहज हुन सक्नेछ। साङ्गीतिक क्षेत्रमा भने निकै इज्जत, प्रतिष्ठा बढ्नेछ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

मनमा उत्साह र उमङ्ग बढ्नेछ। कला, साहित्यमा इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। अचानक देश-विदेशबाट खुशीको खबर सुन्न पाउनुहुनेछ। आयआर्जनमा निकै विचार पुऱ्याउनुपर्ला। पारिवारिक उन्नति, प्रगतिका लागि ग्रहले निकै राम्रो अवस्था सिर्जना गर्नेछ। राजनीतिक क्षेत्र मध्यम देखिन्छ। आमाबुवा, घरपरिवारबाट राम्रो सहयोग प्राप्त होला। खेलाडीहरूका लागि साता राम्रो छ।

मीन राशि (दी दू थ झ दे दो चा ची)

मनमा उत्साह र उमङ्ग छाउन सक्नेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। अकस्मात् देश-विदेशको योग बन्न सक्नेछ। विद्यार्थीहरूका लागि साता निकै राम्रो हुने देखिएको छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछन्। साहित्य, सङ्गीतमा निकै राम्रो प्रदर्शन हुनेछ। राजनीतिक र सामाजिक क्षेत्र मध्यम देखिन्छ भने आर्थिक उन्नति, प्रगति राम्रो देखिन्छ। स्वास्थ्यमा केही समस्या रहला।

प्रकाशित : आइतबार, बैशाख १७, २०८०१०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२५ सम्म ३ राशिलाई हरेक क्षेत्रमा मिल्नेछ सफलता, हुनेछ शनिदेवको कृपा दृष्टि !