महिनाको शुभ राशि: मे महिना यी राशिको सिरमा हुनेछ माता लक्ष्मीको हात, हुनेछ अत्यन्तै शुभ !

मे महिना सुरु हुन लागेको छ। मे महिनामा शुक्र, मंगलसँगै शुक्रले आफ्नो राशि परिवर्तन गर्दैछ। यी ग्रहहरूको स्थिति परिवर्तनले प्रत्येक राशिको जीवनलाई असर गर्न सक्छ। त्यो असर शुभ-अशुभ दुवै हुने गर्दछ। जान्नुहोस् मे महिना कुन राशिलाई शुभ हुनेछ?

मेष राशि

महिनाको प्रारम्भमा मन प्रसन्न रहनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। आपसी सद्भाव रहनेछ। संगीतमा झुकाव बढ्न सक्छ। साथीको आगमन हुन सक्छ। मे १५ देखि सन्तानको स्वास्थ्यमा सुधार आउनेछ। मे २२ गतेदेखि शैक्षिक कार्यमा सुधार आउनेछ। सन्तान सुखमा वृद्धि होला। धर्मप्रति भक्ति रहनेछ। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ।

सिंह राशि

सिंह राशिहरुको लागी यो महिना राजनीतिक उन्नति रहनेछ। पारिवारिक सदस्यबाट समस्या रहनेछ। व्यापार सामान्य रहनेछ। जागीरमा समस्या आउनेछ। कुनै अनजान व्यक्तिसँगको भेट फाईदाजनक रहनेछ। देवी आराधना लाभदायी रहनेछ।

तुला राशि

तुला राशिहरुको लागी यो महिना भौतिक सुख वाला रहनेछ । कृषिमा उन्नति हुनेछ। व्यापारले राम्रो लाभ दिनेछ। जागीरमा स्थान परिवर्तनको योग छ। माताबाट सहयोग प्राप्त हुनेछ। भाईको परिवारबाट समस्या आउनेछ। गायत्री मन्त्र लाभदायी रहनेछ।

धनु राशि 

धनु राशिहरुलै यो महिना पारिवारिक सुख  मिल्नेछ। व्यापार राम्रो रहनेछ। कृषि मध्यम रहनेछ। जागीरमा समस्या आउनेछ। पत्नीबाट सहयोग प्राप्त हुनेछ भाईलाई पारिवारिक कष्ट रहनेछ। नयाँ सवारी साधन किन्ने योग छ । गुरु आराधना लाभदायी रहनेछ।

कुम्भ राशि 

कुम्भ राशिहरुलाई यो महिना सन्तानबाट सुख प्राप्त हुनेछ। व्यापार सामान्य रहनेछ। कृषि लाभ हुनेछ । जागीरमा साथीहरुबाट समस्या आउनेछ। राजनीतिमा रुचि बढ्नेछ । कुनै नयाँ क्षेत्रमा उन्नति हुनेछ। श्रीकृष्ण आराधना लाभदायी रहनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०८००९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सिबाट शुक्र देव राशि परिवर्तन गर्दै, ४ राशि रहनुहोस् सावधान: कुन-कुन राशि ?