हरेक सपनाले भविष्यका घटनाको बारेमा संकेत गर्छ।हरेक सपना राम्रो र नराम्रो हुन सक्छन्। सपना शास्त्रमा केही यस्ता सपनाको वर्णन गरिएको छ, जसले आउने समयको असंकेत गर्दछ । कुनै सपनाहरू ठूला मनोकामना पूरा गर्ने खालका हुन्छन् भने केही धेरै धन प्राप्त हुने संकेत गर्दछ । जान्नुहोस् कुन-कुन सपनाहरू हुन् जसलाई धेरै नै शुभ मानिन्छ।
भाग्य चम्काउने छ यस्ता सपनाले
यदि तपाइले सपनामा मुसा देख्नु भयो भने धेरै शुभ मानिन्छ। यो आकस्मिक धन प्राप्तिको पूर्व संकेत हो। यो धनले तपाईको आर्थिक स्थितिमा ठूलो सुधार ल्याउँछ । सपनामा बच्चा वा विशेष गरी केटीलाई नाचिरहेको देख्नु भयो भने तपाईको जीवनमा धन र वैभव बढाउने संकेत हो। यो सपनाले धेरै आर्थिक लाभ हुन्छ ।
धनतेरस-तिहार जस्ता चाड पर्वहरुमा घरमा खाली भाँडाकुँडा राख्नु निकै अशुभ मानिन्छ तर सपनामा खाली भाँडाकुँडा देखियो भने निकै शुभ हुन्छ। यो सपनाले धन प्राप्ति हुने संकेत गर्छ । घरमा फुटेका सामान, खराब इलेक्ट्रोनिक सामान राख्नाले वास्तु दोष हुने मान्यता रहेको छ । तर सपनामा इलेक्ट्रोनिक सामान बिग्रिएको वा भाँचिएको देख्नुले आर्थिक समस्या समाप्त हुने संकेत गर्छ ।
सपनामा कुचो देख्नु निकै शुभ मानिन्छ । यस्ता सपनाले माता लक्ष्मीको कृपा हुने संकेत गर्दछ । यस सपना देख्नु भयो र यसको बारेमा आफ्नो आमा वा श्रीमतीलाई बताउनु निकै शुभ मानिन्छ । साथै सपनामा गाईको गोबर देख्नु पनि निकै शुभ मानिन्छ ।