वैदिक ज्योतिषशास्त्रका अनुसार हरेक ग्रहको राशि परिवर्तनले सबै १२ राशीमा प्रभाव पार्छ। कतिपय ग्रहको राशि परिवर्तनका कारण केही विशेष योग पनि बन्ने गर्दछ । अप्रिल २२ मा आफ्नै राशि मीन राशि छोडेर, बृहस्पति ग्रह मेष राशिमा पुगेको छ। बृहस्पति परिवर्तनका कारण गजलक्ष्मी राजयोगमा शुभ संयोग बनिरहेको छ । जान्नुहोस् बृहस्पति परिवर्तनले कुन राशीमा पर्नेछ शुभ प्रभाव ?
मेष राशि
मेष राशिका लागि गजलक्ष्मी राजयोग शुभ साबित हुनेछ। यस अवधिमा आफ्नो करियरमा नयाँ उचाइ हासिल गर्नुहुनेछ। आम्दानीमा बृद्धि हुने सम्भावना छ। जग्गा, घर तथा सवारी साधन खरिद गर्न सकिनेछ । स्वास्थ्यमा पनि सुधार आउनेछ। यस अवधिमा व्यापारीहरूले नाफा कमाउनेछन्।
मिथुन राशि
मिथुन राशिका लागि गजलक्ष्मी राजयोग लाभदायक साबित हुनेछ। यस अवधिमा तपाईको आर्थिक अवस्था राम्रो रहनेछ। करियरमा नयाँ उचाइ हासिल गर्नुहुनेछ। रोजगारी भएकाले पदोन्नतिसँगै आम्दानीमा वृद्धि हुनेछ । रोकिएको धन प्राप्त हुनेछ।
कन्या राशि
गुरुको राशि परिवर्तन कन्या राशिका लागि निकै शुभ रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। यस अवधिमा तपाईंले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिबाट लाभ मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ। श्रमजीवीले लाभ पाउनेछन्।