गुरु गोचरले आउँदो ७ महिना कष्टदायी रहनेछ यी ५ राशिलाई, आइलाग्नेछन् जटिल समस्याहरु

काठमाडौँ : – गुरुदेव बृहस्पति ग्रह बैशाख ९ गते (अप्रिल २२ तारिख) शनिबार मेष राशिमा गोचर गरेको छ । बृहस्पति मीन राशि छोडेर मेष राशिमा प्रवेश गरेको हो। मेष राशिमा बृहस्पति ग्रह अस्त अवस्थामा रहनेछ। यस्तो अवस्थामा यी दुईको ग्रहको संयोगले गुरु चण्डाल योग बन्नेछ र जुन ५ राशिका जातकलाई हानिकारक साबित हुनेछ। तर तपाईले बृहस्पतिसँग सम्बन्धित केही उपाय अपनाएर फाइदा लिन सक्नुहुन्छ। बृहस्पति गोचरले कुन ५ राशिलाई असर गर्छ र तिनका उपाय के के छन् जानौँ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बृहस्पति गोचरले वृष राशिका व्यक्तिलाई केही समस्या ल्याउन सक्छ, यस समयमा वृष राशिका व्यक्तिको खर्चमा वृद्धि हुनेछ। यसका साथै तपाईलाई स्वास्थ्यसम्बन्धी थप समस्याहरू पनि हुनसक्छन्। यति मात्र होइन, यस समयमा तपाई आफ्नो परिवारको खर्चको लागि पनि धेरै चिन्तित हुनुहुनेछ। यस समयमा तपाईले आफ्नो खर्च नियन्त्रण गर्न आवश्यक छ। तपाईको खर्चमा वृद्धि हुन सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका व्यक्तिहरूले बृहस्पतिको गोचरमा आफ्नो कार्यस्थलमा ठूलो परिवर्तन गर्नुपर्ने हुन सक्छ। तर तपाईलाई तत्काल कार्यक्षेत्रमा कुनै परिवर्तन नगर्न सल्लाह दिइन्छ, तपाईलाई साउनपछि परिवर्तन गर्नु राम्रो हुनेछ। यो गोचरको अवधिभर तपाईले आफ्नो पिताको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। यद्यपि बिस्तारै सबै कुराहरु ठिक हुनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका लागि बृहस्पतिको गोचर मिश्रित रहनेछ। तपाई आफ्नो स्वास्थ्यको बारेमा धेरै सावधान रहनु आवश्यक छ। यो समयमा तपाईलाई कलेजोसँग सम्बन्धित समस्या हुन सक्छ। आफ्नो उपचार समयमै गर्नुहोस्। कुनै पनि प्रकारको लापरवाही नगर्नुहोस्। अन्यथा तपाईको समस्या थप बढ्न सक्छ। यस समयमा तपाईको आर्थिक स्थितिमा धेरै उतारचढावहरू हुनेछन्। तपाईको खर्च पहिले भन्दा धेरै हुनेछ। तपाईको धेरै पैसा स्वास्थ्यमा खर्च हुन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मेष राशिमा रहेको बृहस्पतिको गोचर मकर राशिका लागि खासै अनुकूल रहने छैन। बृहस्पतिको प्रभावले स्वास्थ्यमा समस्या आउन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ। तपाईको पारिवारिक जीवनले पनि धेरै उतार चढाव ल्याउनेछ। यस समयमा तपाई आफ्नो करियर र परिवारको बीचमा अड्कन सक्नुहुन्छ। यद्यपि असोजपछि तपाईका दिन राम्रा हुनेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मकर राशिमा रहेको बृहस्पतिको गोचरले कुम्भ राशिका लागि मिश्रित फल दिनेछ। यस अवधिमा तपाईको आर्थिक अवस्था विशेष रहने छैन। यो समयमा धेरै शारीरिक समस्याले पनि सताउन सक्छ। यस अवधिमा तपाईलाई हाड-जोर्नीमा पीडा हुन् सक्छ। कामसम्बन्धी समस्या अझ बढ्नेछ।

प्रकाशित : बिहिबार, बैशाख ०७, २०८०१९:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चम्किनेछ यी राशिका भाग्य : मालामाल बनाउनेछ पञ्चग्रही-चण्डाल योगले, महिनाभर गर्नेछन् मोज