बैशाख ७ गतेको राशिफल : मातातीर्थ औँसीका दिन १२ राशिका दिन शुभ-अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : – 
दिन : बिहीवार /// तिथि : औंसी ०९:५९ बजेसम्म, त्यसपछी प्रतिपदा /// नक्षत्र : अश्विनी २३:४७ बजेसम्म, त्यसपछी भरणी /// योग : विष्कम्भ १३:३८ बजेसम्म, त्यसपछी प्रीति /// करण : नाग ०९:५९ बजेसम्म, त्यसपछी किंस्तुघ्न २१:२७ बजेसम्म, त्यसपछी वव ///  वैशाख ०७, २०८०, बिहीवार /// २० अप्रिल सन् २०२३ /// औंसी, वैशाख कृष्णपक्ष /// चौलागा, ११४३ ने.सं. /// सूर्योदय(sunrise) : – ५:३७ /// सूर्यास्त (sunset) : –  १८:३० ///  कार्यक्रमहरू : मातृ सम्मान दिवस, मातातीर्थ औँसी, चाँगुनारायण छिन्नमस्ता, हलो बार्ने, स्नानदान औशी /// 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

नयाँ काम गर्नको लागि शुभ दिन छ। गुढ विद्या तथा रहस्यमय विषय बुझ्ने कोसिस गर्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि नयाँ काम सुरु गर्न सक्नुहुन्छ। स्वास्थ्यको ध्यान राख्नुहोला। व्यवसायिक स्थलमा सम्हालेर चल्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिनको प्रारम्भ आनन्दमयी रहला र मित्रसँग भेट हुनेछ। तपाईको जीवनमा अन्य व्यक्ति आउन सक्छ। मध्यान्नपछि सावधानी अपनाउनुहोला। आफ्नो भाषाको दुरुपयोग नहोस् यस कुराको ध्यान राख्नुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन मनोरंजन र आनन्दित खालको रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। कार्यालयमा सहकारपूर्ण वातावरण रहनेछ। मित्रसँग पर्यटन स्थलमा जाने योग छ। सुरुचिपूर्ण भोजन गर्ने अवसर मिल्नेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

प्रतिकूलतामा पनि तपाई परिश्रमपूर्वक कार्य गर्नुहुनेछ। स्वास्थ्यमा विशेषगरी पेटमा समस्या हुनेछ। विधार्थीको विद्याभ्यासमा सफलता मिल्नेछ। मध्यान्नपछि परिस्थिति अधिक अनुकूल बन्नेछ। स्वास्थ्य स्वस्थ होला। मानसिक रूपले स्वस्थ रहनुहुन्छ। कार्यालयमा सहकारपूर्ण वातावरण रहनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

मानसिक रुपले तनावमा रहनुहुन्छ। शारीरिक रुपले केहि अस्वस्थता अनुभव हुनेछ । परिवारसँग कुनै कुरामा झगडा हुन सक्छ। सन्तानको विषयमा चिन्ता रहनेछ। बौद्धिक चर्चाबाट टाढा रहनुहोला। पैसा सम्बन्धित आयोजनको लागि अनुकूल समय छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

लाभ र भाग्यवृद्धिको योग छ। आफन्तबाट लाभ होला। मध्यान्नपछि चिन्तित रहनुहुन्छ। जसकारण शारीरिक र मानसिक स्वास्थ्य बिग्रन सक्छ। निजी सम्बन्धमा मनदुःखको प्रसंग आउन सक्छ। आमाको स्वास्थ्य बिग्रन सक्ला। जलाशयबाट टाढा रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

शारीरिक र मानसिक रूपले स्वास्थ्य बिग्रन सक्छ। पारिवारिक झगडामा बोलिको ध्यान राख्नुहोला। नकारात्मक मानसिकता नअपनाउनु होला। घरको सदस्यसँग भ्रान्ति खडा होला। नयाँ कार्य गर्नको लागि प्रस्तुत हुनुहुन्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन मध्यम फलदायी छ। सुख र सन्तोष अनुभव हुनेछ। परिवारसँग आनन्दपूर्ण दिन सम्पन्न हुनेछ। शुभ समाचार मिल्नेछ। मध्यान्नपछि परिवारमा झगडाको वातावरण रहनेछ। अनावश्यक खर्चमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य बिग्रनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

दुर्घटना एवम् शल्य चिकित्साबाट सम्हालेर चल्नुहोला। स्वभाव केहि उग्रता रहनेछ। आफन्तसँग अरुचिकर घटना बन्नेछ। मध्यान्नपछि शारीरिक र मानसिक रुपले प्रसन्न रहनुहुन्छ । मित्र र आफन्तबाट उपहार मिल्दा आनन्ददायी रहला। परिवारको वातावरण प्रसन्नमय रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन व्यापार-उद्योगको लागि र व्यवसायको लागि लाभदायी छ। पुत्र र पत्नीबाट लाभ हुन्छ। सांसारिक जीवनमा सुखद प्रसंग बन्नाले मन सुखी रहनेछ। मध्यान्नपछि मानसिक अशान्ति र खराब स्वास्थ्यले मन अशान्त गर्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको दिन लाभदायक छ। व्यवसायिक क्षेत्रमा लाभ प्राप्ति होला। व्यवसाय वा व्यापारमा पदोन्नति हुनेछ। उच्च अधिकारी तपाई प्रति प्रसन्न रहनेछन्। कुनै मनोहर वा पर्यटन स्थलमा यात्रा होला। सन्तानको सन्तोषजनक प्रगतिबाट हृदय-मन प्रसन्न रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

बौद्धिक तथा त्यस सम्बन्धित लेखन कार्यमा सक्रिय रहनुहुन्छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। लामो यात्रा तथा धार्मिक यात्राको योग छ। विदेश स्थित मित्र तथा आफन्तसँग मेलमिलाप हुनेछ। शरीरमा उल्लास र थकान दुवै अनुभव हुनेछ। धनलाभको योग छ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०८०१९:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ८ गतेको राशिफल : यी ६ राशिका लागि सङ्घर्षपूर्ण रहनेछ शुक्रबारको दिन, अलि सम्हालिन जरुरी