बैशाख ४ गतेको राशिफल : सोमबार यी ३ राशिले पाउनेछन् भाग्यको साथ, मिल्नेछ चौतर्फी लाभ

पञ्चाङ्ग : – 

/// दिन : सोमवार ///  तिथि : द्वादशी १५:०२ बजेसम्म, त्यसपछी त्रयोदशी ///  नक्षत्र : पूर्वभाद्रपदा ०२:०५ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा ///  योग : ब्रह्म २०:५१ बजेसम्म, त्यसपछी ऐन्द्र /// करण : तैतिल १५:०२ बजेसम्म, त्यसपछी गर ०२:०० बजेसम्म, त्यसपछी वणिज /// वैशाख ०४, २०८०, सोमवार ///  १७ अप्रिल सन् २०२३ ///  द्वादशी, वैशाख कृष्णपक्ष /// चौलागा, ११४३ ने.सं. /// सूर्योदय(sunrise) : –  ५:४० ///  सूर्यास्त(sunset) : – १८:२९ ///  कार्यक्रमहरू : सोम प्रदोष व्रत, भ.पु. छुमा गणेश यात्रा /// 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

बिहानको समय कुनै पनि नयाँ काम सुरू गर्नको लागि अनुकूल रहेको छ । सरकारी पक्षबाट लाभ होला। व्यावसायिक क्षेत्रमा मनग्यै लाभ होला। विचारमा परिवर्तन आउनेछ। मध्यान्नपछि सुस्त मनस्थिति हुनाले केही विचारमा हराईरहनुहुनेछ। मानसिक रूपले शिथिल रहनुहुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको लागि दिन मध्यम फलदायी रहेको छ। मित्र र आफन्तसँग भएको भेट आनन्दमय रहनेछ। तपाईको दिन धन सम्बन्धित योजनामा बित्ने सक्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला। नयाँ ठाउँमा घुम्न जानुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

आर्थिक दृष्टिकोणले लाभदायी दिन रहेको छ। मित्र र परिवारको सहयोगले दिनलाई खुशी पार्नेछ। उत्तम भोजन र कपडा सुविधा प्राप्त गर्नुहुनेछ। मनमा कुनै प्रकारको निषेधात्मक विचारलाई प्रवेश गर्न नदिनुहोला। व्यवसाय र व्यापारमा अनुकूल वातावरण रहनाले मन प्रसन्न रहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

आर्थिक दृष्टिकोणले आम्दानीभन्दा खर्च हुनेछ। आँखामा समस्या हुन सक्ला। मध्यान्नपछि समस्यामा परिवर्तन हुनेछ । आर्थिक दृष्टिकोणले लाभदायी दिन रहेको छ। मनबाट नकरात्मक भावनालाई टाढा राख्नुहोला। पारिवारिक वातावरण पनि राम्रो रहनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

बिहानीको समय राम्रोसँग बित्नेछ। सामाजिक र व्यावसायिक क्षेत्रमा वातावरण लाभदायक र आनन्ददायक रहनेछ। साथीबाट राम्रो समाचार प्राप्त गर्नुहुनेछ। मध्यान्नपछि बोलि र व्यवहारको विशेष ध्यान राख्नु पर्ने हुन्छ। परिवार र सन्तानसँग मनमुटाव हुन सक्ला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको दिन अनुकुल रहनेछ। परिवारका सदस्यसँग सम्बन्ध प्रेममय रहनेछ। साथी र आफन्तबाट उपहार प्राप्त गर्नुहुनेछ। तपाईको कामबाट उच्च अधिकारी प्रसन्न रहनेछन्। मध्यान्नपछि बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला। कुनै रमणीय स्थलमा घुम्न जानुहुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बिहानीको समयमा मन चिन्ताग्रस्त रहनेछ। शारीरिक रूपले शिथिल र थकान अनुभव हुनेछ। व्यवसायमा उच्च अधिकारी प्रसन्न रहनेछन्। सन्तानसँग मतभेद खडा हुन सक्ला। मध्यान्नपछि कार्यालयको वातावरणमा सुधार हुनेछ। उच्च अधिकारीको कृपादृष्टि रहनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

आध्यात्मिकता र भगवानको प्राथनाले अनिष्ट कुराबाट छुटकारा मिल्नेछ। शारीरिक र मानसिक अस्वस्थ रहनुहुनेछ। बोलीमा विशेष ध्यान राख्नुहोला। व्यावसायिक क्षेत्रमा आपत्ति आउन सक्ला। व्यवसायमा स्थिति प्रतिकूल रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

सुख र दुखको मिश्रित अनुभूति हुनेछ। बिहानको समय आनन्द र रमाईलोमा बिताउनुहुनेछ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। मध्यान्नपछि मनमा नकारात्मक विचार आउन सक्ला। रिसको मात्रा बढ्न सक्छ। आध्यात्मिकताले शान्ति प्रदान गर्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

कुराकानी गर्दा रिसलाई नियन्त्रणमा राख्नुहोला। परिवारमा शान्ति र आनन्दमय वातावरण रहनेछ। मान सम्मान प्राप्त गर्नुहुनेछ। साथी र परिवारका सदस्यसँग ध्यानपूर्वक समय बिताउनुहोला। मनोरन्जन स्थलमा जाँदा मन आनन्दित रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

कला प्रति विशेष अभिरुचि रहनेछ। अधिक खर्च हुनेछ। सन्तान सम्बन्धित प्रश्नले सताउनेछ। मध्यान्नपछि घरमा शान्तिमय वातावरण रहनेछ। अपूर्ण कार्यहरू पूरा हुनेछन्। शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक लाभ होला। व्यवसायमा सहकर्मचारीको सहयोग मिल्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

अधिक भावनाशील नहुनुहोला। विचारको अधिकताको कारण मानसिक रूपले शिथिल अनुभव गर्नुहुनेछ। त्यसकारण जग्गा र घरको सम्पत्तिको बारेमा छलफल नगर्नुहोला। विद्यार्थीहरूको लागि लाभदायक दिन रहेको छ। यात्रा- प्रवासको लागि अनुकुल समय रहेको छैन।

प्रकाशित : आइतबार, बैशाख ०३, २०८०१९:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि बिहीबार भगवान विष्णुको दिन: कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !